Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

यस्तो हालतमा देशले कसरी मुहार फेर्ला - सुशीला पौडेल (५ मुक्तकहरू)

यस्तो हालतमा देशले कसरी मुहार फेर्ला - सुशीला पौडेल (५ मुक्तकहरू)

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  मुक्तक -१ भनेर बोक्सी आफ्नाले आरोप लगाई दिन्छन् यसैगरी सधैंभरी कोमल हृदय दुखाई दिन्छन् पशुलाई जस्तै गोठमा राख्छन् रजश्वला हुँदा अन्धविश्वासकै कारण पीडा नारीलाई दिन्छन् । मुक्तक -२ नियोजित ढङ्गले कोही कसैलाई फसाउनु हुँदैन आफ्नो भन्दैमा गलत गर्नेलाई बचाउनु हुँदैन रवि जस्तो सबैको मनमा बस्न सक्ने व्यक्तिलाई, सत्य तथ्य कुरा नबुझी आरोप लगाउनु हुँदैन । मुक्तक -३ जसरी किताब जोगाउन गाता हुनुपर्छ मुलुक बचाउन शहीद बिधाता हुनुपर्छ शान्तिको सन्देश विश्वभरी फैलाउनलाई एक-एकमा गौतम बुद्धसँग नाता हुनुपर्छ । मुक्तक -४ हाम्रो देशको सिमाना दिनहुँ मिचिदै छन् अनि राष्ट्र नेता हाम्रा डलरले थिचिदै छन यस्तो हालतमा देशले कसरी मुहार फेर्ला गरिब जनताहरू यहाँ आँसुले सिचिदै छन्। मुक्तक -५ मलाई मेरो जिन्दगी बेकार लाग्न थाल्यो एकबार मात्र होइन बारम्बार लाग्न थाल्यो मैमाथी किन यस्तो भैरहेछ बुझ्न सकिन, फूलमा टेक्दा पनि किन तरबार लाग्न थाल्यो ! अर्घाखाँची हाल : ललितपुर । (सुशीला पौडेलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०६:४५:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend