Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल -असन्तुष्ट जलन

गजल -असन्तुष्ट जलन

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  दशै तिहार आयो घुमेर फेरि ! जानेभो पोहोर जस्तै खेर फेरि ! घर चलाउने जिम्मेवारी काँधमा बसेँ इच्छा रहर मारेर फेरि ! मखमली सयपत्री माला बनाएर बस्लिन दिदी भाई सम्झेर फेरि ! आउन सकेन ए मेरी प्यारी घर मन बुझाउन त्यै फोटो हेर फेरि ! परदेशी छोरा नफर्किदा आमा रुन्छ्यौ होला अछेता मुछेर फेरि ! टाढैबाट आशीर्वाद दिनु है आमा उन्नति होस् छोराको भनेर फेरि ! – दङ्गिशरण -२, दाङ हाल : साउदी अरब (असन्तुष्ट जलनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०६:५४:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend