Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

आभुषण हुन् जननीका राष्ट्रकवि माधव(कविता) -गंगा लिगल

आभुषण हुन् जननीका राष्ट्रकवि माधव(कविता) -गंगा लिगल

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  ( राष्ट्रकवि आदरणीय, अत्यन्त पुजनीय श्री माधव प्रसाद घिमिरे ज्युको १०१ अौं जन्मोत्सवको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना दिदै वहाँको उमेरमा जीवन्तता अझै लम्बियोस् साथै साहित्यिक जीवन्तताले ब्रह्माण्डलाई नै चुमोस भन्ने हार्दिक कामना सहित) विद्या ददाति विनयम अदितिय स्वभाव विध्यतका तारा बीचका जून हुन यिनी प्रकाश पुन्ज गगनका । मोती हुन् यिनी जलधिका आभुषण हुन् यिनी जननीका माणिक हुन् यिनी शेष शिरका अनन्तता नै पृथ्वीका । ईश्वर कै वरदान छ यिनमा ज्ञान विज्ञान युक्तता सविता नै त हुन् यिनी अविरल सरित प्रवाहका । साहित्य कुवेर नै यो युगका आलोकको भरि पुर्णता प्रकाशै प्रकाश उदात्त हृदय ज्ञानैले अति परिपूर्णता । सम्मान गरौ यिनलाई गौरव प्रतीक रुपमा फैलाऔं अवर्णनीय सुवास यिनको चौतर्फ संसारमा । धन्यवाद । - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (गंगा लिगलको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०७:३०:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend