Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

डा. पौडेल महासचिव पदको उमेद्वारीसंगै प्रचारमा तिब्र

डा. पौडेल महासचिव पदको उमेद्वारीसंगै प्रचारमा तिब्र

सतीश चापागाईं

२४, आश्विन २०७६
images
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदका लागि डा. केशव पौडेल अहिले काठमाडौँमा सक्रिय छन् । गैर आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषदको आउँदो अक्टोर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुने चुनावका लागि पौडेलको सक्रियता बढेको हो । काठमाडौँ उत्रने बित्तिकै आफ्ना समर्थक र सहयोगीहरुको न्यानो साथ् पाएका पौडेलको सक्रियतासंगै उनको प्रचार शुरु भएको छ । राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निर्वतमान अध्यक्ष पौडेलले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता दिलाउने विषयलाई प्राथमिकतामा राख्दै प्रवासमा रहेका नेपालीको हकहित र अधिकारका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् । डा।पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेसँगै विभिन्न देश दौडामा रहेका छन् । डा.पौडेल बिहीवार मात्रै जन्मभूमि नेपाल आपुगेका छन् । उनलाई स्वागत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतका लागि विनोद थापा, अनुप खनाल, नेपाल विद्यार्थी संघका नेता दीपक भट्टराई, अनिल खना, शेषसैय्याकुमार बिष्ट लगायत अन्यले भब्य स्वागत गरेका हुन् । स्वागतपछि डा. पौडेलले सबैलाई धन्यवाद दिँदै सहयोगको अपेक्षा आफूले लिएको बताए । उनले भने, "म प्रवासमा रहेका नेपालीको हक र हितमा काम गर्न पूर्ण प्रतिवद्ध छु । घोषणा मात्रै होइन, काम गरेर देखाउनेछु ।"

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - ११:३३:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend