Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

महासचिवमा डा पौडेल अनुभवी र योग्य उमेद्वार भएको प्रतिनिधिहरुको भनाई 

महासचिवमा डा पौडेल अनुभवी र योग्य उमेद्वार भएको प्रतिनिधिहरुको भनाई 

सतीश चापागाईं

२४, आश्विन २०७६
images
    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनमा डा केशव पौडेलको महासचिव पदमा उम्मेद्वारीले दिएपछि पौडेलको पक्षमा जनमत सिर्जना हुन लागेको छ  । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लागेका हुन् ।   पौडेलको उमेद्वारीलाई संसार भरबाट आएका प्रतिनिधिहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । एनआरएन दिवस मनाउने क्रममा उपस्थित सहभागीहरुले पौडेललाई जिताउन आफुहरु सक्रिय हुने कुरा नेप्लिज डायस्पोरालाई बताए । उनीहरुले पौडेलले अमेरिका जस्तो शक्तिशाली शाखाको दुई कार्यकाल अध्यक्ष भएर सफल कार्यकाल सम्पन्न गरेको हुँदा यो अनुभव र योगदानको कदर हुनुपर्ने पनि बताएका छन् ।   यसघि निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गरेका थिए । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताए ।   डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे ।   उनले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताए ।   सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।   तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मेका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन् ।  

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - २२:१६:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend