Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए महासचिवमा डा. पौडेलको घोषणा कार्यक्रम आइतबार बिहान

एनआरएनए महासचिवमा डा. पौडेलको घोषणा कार्यक्रम आइतबार बिहान

सतीश चापागाईं

२५, आश्विन २०७६
images
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा महासचिव पदमा उम्मेद्वारी दिएका डा. केशव पौडेलले आइतबार बिहान औपचारिक घोषणा गर्ने भएका छन् । काठमाडौँको होटल अन्नपुर्णमा ८:३० बजे उक्त घोषणा सभा हुने भएको हो । सनिबार साँझ ५ बजे गर्ने भनिएको घोषणा सभा चीनका राष्ट्रपतिको नेपाल भ्रमणका कारण आईतबारलाई सारिएको हो । घोषणा सभामा पौडेलले आफ्नो उम्मेद्वारीको कारण र एजेन्डाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सभामा संचारकर्मीहरु र बिभिन्न देशबाट आएका एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति रहने बुझिएको छ । यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुन लागेको आइसिसी सम्मेलनमा तनहुँका पौडेलले महासचिव पदमा उम्मेद्वारी दिन लागेका हुन् । यसघि निर्वाचनमा भाग लिन बिहीबार नेपाल आएका डा पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पदमा उम्मेद्वार दिने घोषणा गरेका थिए । उनले आफ्नो अनुभवलाई आइसिसीमा लगानी गर्ने सामाजिक योगदानको चाहनालाई साकार पार्न महासचिवमा उम्मेद्वारी दिन लागेको बताए । डा पौडेलले एनआरएन विदेशमा बस्ने नेपालीको साझा संस्था भएकाले संस्थामार्फत विदेश र नेपालमा बस्ने नेपालीलाई आफूले सिकेको र जानेको कुराका माध्यमबाट सेवा र सहयोग गर्नका लागि उम्मेद्वारी दिएको उल्लेख गरे । उनले एनआरएन अमेरिकामा विदेशी नागरिकताको माग, विभिन्न छात्रवृत्ति दिने काम, मातृभूमिमा विपत्तिमा परेका बेला आर्थिक तथा भौतिक सहयोग, अमेरिकाभरि विभिन्न राज्यमा सामुदायिक भवन बनाउन सहयोग गरेकाले आफू महासचिवमा योग्य उम्मेद्वार भएको बताए । सन् २००५ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका डा पौडेलले एनआरएन अमेरिका शाखामा दुई कार्यकाल नेतृत्व गरिसकेका छन् । तनहुँ व्यास नगरपालिका–९ सिस्नेरीमा जन्मेका डा पौडेल सन् २०१४ देखि अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०७६ शनिवार - ००:२६:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend