काठमाडौँ । यहि असोज २८ देखि ३० सम्म काठमाडौँमा हुन गइरहेको गैरआवासिय नेपाली संघ(एनआरएनए) को विश्व सम्मेलनबाट आउने नयाँ कार्यसमितिका लागि विभिन्न पदमा उमेद्वारी दिएका उमेद्वारहरुले भेटघाट बढाएका छन् । विभिन्न सामाजिक सञ्जालदेखि उमेद्वारहरुले होटलका कोठा कोठामा क्याम्पेनिङ सुरु गरेका छन् । अध्यक्षदेखि सदस्य सम्म उमेद्वारी दिएका उमेद्वारहरुले आ आफ्नो पक्षमा मत माग्न थालेका छन् । एनआरएनएका प्रतिनिधिहरुले अहिले काठमाडौँका प्राय तारेदेखि सामान्य सम्मका होटलहरुमा समुह बनाएर नै चुनावी प्रचार प्रसार सुरु गरेका छन् । अध्यक्ष र महासचिवका प्रत्याशीहरुमा कस्ले कसलाई सघाउने र कस्ले उमेद्वारी फिर्ता लिन सक्ने सम्मका भेटघट बढाएका छन । गैरआवासीय नेपाली संघले विश्वभरिका नेपालीहरुलाई मुलुकको समृद्धि र आर्थिक विकासका लागि भएको प्रत्याशीहरुले बताएका छन् । यता, पूर्व अध्यक्षहरुले पनि गैरआवासीय नेपाली संघलाई समयसापेक्ष अघि बढाउन सक्ने नेतृत्व आवश्यक भएको बताउदै आएका छन् । एनआरएनएको यो नवौं विश्व सम्मेलन हो । यसमा भागलिन विश्वभरी छरिएर रहेका नेपालीहरु संघ निर्वाचनमा भाग लिन प्रतिनिधि बनेर काठमाडौँ आएका छन् । यो पटक गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्वमा वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तबीच कडा प्रतिस्पर्धा हुने प्रतिनिधिहरुले अनुमान गरेका छन् ।