Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरो लिस्ट अस्वीकृत भए अर्को लिस्ट पनि अस्वीकृत हुन्छ -गौरी जोशी

मेरो लिस्ट अस्वीकृत भए अर्को लिस्ट पनि अस्वीकृत हुन्छ -गौरी जोशी

सतीश चापागाईं

२५, आश्विन २०७६
images
  एनआरएनए अमेरिकाको विवाद आइतबार बिहानसम्म पनि सुल्झन सकेको छैन । विवाद मिलाउन पटक पटक बसेको आईसिसिसंग एनआरएनए अमेरिकाको बैठक बिना निर्णय सकिएको बताइएको छ । एनआरएनए अमेरिका कार्यसमितिले तयार गरेको प्रतिनिधि लिस्टलाई एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीले विधिवत नभएको भन्दै प्रकाश सापकोटाको संयोजकत्वमा एक समिति गठन गरेका थिए । सापकोटा समितिले अमेरिकाबाट ६१ जनाको प्रतिनिधि लिस्टलाई आइसीसीमा पेश गरेको छ । यसैबीच, यो लिष्टलाई अस्वीकृत भएको भन्ने खबर निराधार भएको आरसी गौरी जोशीले बताएका छन् । "अहिलेसम्म अर्को कुनै निर्णय भएको छैन । मैले पेश गरेको लिष्टले नाम छुटेका साथीहरुलाई न्याय मिलेको छ ।" एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीले नेप्लिज डायस्पोरालाइ आईतबार बिहान बताए । उनले भने, "मेरो लिष्ट अस्वीकृत भए एनआरएनए अमेरिकाको लिष्ट पनि अस्वीकृत हुनेछ ।" यसरी अस्वीकृत हुने सम्भावना छैन । किनकि अमेरिकाबाट आएका रबिन बज्राचार्यले एनआरएनए अमेरिकाको लिष्ट नियम संगत नभएको भन्दै नेपालको अदालतमा मुद्धा हाल्ने चेतावनी नै दिएका छन् । उनले सनिबार अध्यक्ष भवन भट्टलाई भेटेर आफ्नो बिरोधपत्र थमाउदै "सी यु इन कोर्ट" भनेका थिए । त्यसको एक घण्टा भट्टले बज्राचार्यलाई फोन गरेर आईतबारसम्म अमेरिकाको सबै काम रोकिने जानकारी दिदै समस्या मिलाउछु कोर्टमा नजानु भनेका थिए ।

images
प्रकाशित मिति :आश्विन २५, २०७६ शनिवार - २०:३२:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend