Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनसीसी कोरियाकी अध्यक्ष कोरियन प्रहरीको नियन्त्रणमा

एनसीसी कोरियाकी अध्यक्ष कोरियन प्रहरीको नियन्त्रणमा

सतीश चापागाईं

२६, आश्विन २०७६
images
  ■ अर्जुन बराल, दक्षिण कोरिया सन् १९९३ मा दक्षिण कोरियाका लागि नेपाली दुतावास नभएको र नेपाली समुदायलाई पर्ने हरेक समस्यालाई समाधानका निम्ति भनि सीमित नेपालीहरूको पहलमा नेपालीकै लागि भनि स्थापित नेपाली सम्पर्क समिति (एनसीसी)को १६औँ कार्यकालका लागि अध्यक्षमा चुनिएकी नेपाली समुदायमा अञ्जु केसी नामबाट परिचित डोलकुमारी खत्रीलाई हिजो (२५ असोज) साँझ कोरियन प्रहरीको सादा पोशाकको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा चेकजाँचका क्रममा ‘ओभर स्टे’ देखिएका कारण दक्षिण कोरियामा ‘नेपाली असनबजार’को नामबाट परिचित तुङ्देमुन नजिकैबाट खत्रीलाई पक्राउ गरिएको हो । यस घटनाको स्वयमले पुष्टि गर्दै उनले आफ्नो फेसबुकमार्फत कोरियामा रहेका सबै नेपालीलाई सम्बोधन गर्दै ‘मिस यु’ लेखेकी छिन् । सेमलार–७ रुपन्देही स्थायी ठेगाना उल्लेख भएको नेपाली राहदानी १८८५३८० वाहक खत्री लुम्बिनी ओभरसिजबाट उनका नजिककै आफन्तको माध्यमबाट कोरिया आगमनसँगै अवैधानिक हुन पुगेकी थिइन् भने उनको राहदानी सन् २००३ मा जारी भएको भए पनि नेपाली समुदायमा सन् २००१ मा कोरिया प्रवेश गरेको र नेपाली समुदाय राम्ररी बुझेको भनी प्रचार गर्ने गरेकी थिइन् । कोरियाको दुःखलाई बिर्सेर नेपालीका हरेक समस्यामा साथ दिँदै आइरहेकी र सामाजिक अभियन्ताका रुपमा आफुलाई परिचित गराएकी खत्रीकै कार्यकालमा नेपाली सम्पर्क समितिले दक्षिण कोरिया सरकारबाट वैधानिक संस्थाका रुपमा इजाजत प्राप्त गरे पनि सम्मानित संस्थामा लामो समयदेखि अवैधानिक तवरले बसोबास गरेकी उनी अध्यक्ष पद छोड्नुको सट्टा संस्थाका नाममा पदको दुरुपयोग गरी अझ लामो समय टिकिरहने प्रपञ्चमा रहेको आरोप उनीमाथि लाग्दै आएको थियो । नेपाली सम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान अध्यक्षले संस्थाको हिसाबकिताब पारदर्शी नगरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै र त्यसलाई पारदर्शी गर्न दबाब दिएका नाममा खत्रीले मिडिया उपयोग गरेर आफ्नो चरित्रहत्या गरेको आरोपमा निवर्तमान अध्यक्षले खत्रीका विरुद्धमा केही महिनाअघि कोरियन प्रहरीमा समेत साइबर क्राइमसम्बन्धी मुद्धा दर्ता गरेका थिए । घटना र विचारबाट

images
प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - ०७:४३:१४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend