Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाज क्षेत्रीय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना

अमेरिकाज क्षेत्रीय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना

सतीश चापागाईं

२६, आश्विन २०७६
images
  एनआरएनएको अमेरिकाज क्षेत्रिय संयोजकमा राजन त्रिपाठी उठ्ने सम्भावना प्रवल भएको छ । अहिलेसम्म नबिन शेरचन र बिनोद शाहको नाम सुन्नमा आएको थियो । सनिबारदेखि त्रिपाठीको पनि नाम उमेद्वार बन्नेहरुको सुचीमा परेको छ । पुर्ब आईसिसि सदस्य त्रिपाठीलाई यस क्षेत्रबाट आएका प्रतिनिधिहरुले उठ्नका लागि दबाब सिर्जना गरेको बुझिएको छ। प्रतिनिधिहरुले आरसी र डिआरसीमा सकेसम्म सहमति गर्ने बिषयमा छलफल चलाईरहेका छन् । शेरचन र शाहको नाममा सहमति हुन् नसक्ने भन्दै त्रिपाठीको नाम अघि सारिएको एक सुत्र बताउछ । त्रिपाठीले आफूलाई पनि प्रस्ताब आएको स्वीकार गरेका छन् । "म सकेसम्म साथीहरु कै बीचमा सहमति होस् भन्ने पक्षमा छु र त्यही चाहन्छु । सहमति बन्छ र सबैको भावनाको प्रतिनिधित्व हुन्छ भने म उठ्छु ।" त्रिपाठीले भने ।

images
प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - २१:३०:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend