Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए प्रतिनिधिहरुको एउटै स्वर -सचिवमा गौरी जोशी

एनआरएनए प्रतिनिधिहरुको एउटै स्वर -सचिवमा गौरी जोशी

सतीश चापागाईं

२६, आश्विन २०७६
images
गौरी जोशी एनआरएन मुभमेन्टको लागि नयाँ नाम होइन । परिचित नाम नै हो । अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने जोशी पेशाले आईटि कन्सल्टेन्ट हुन् । त्यसका अतिरिक्त उनी एक सफल ब्यबसायी पनि हुन् । अमेरिकामा रियल स्टेट लगायतका ब्यबसाय पनि गरिरहेका छन् । जोशीले नेपालमा पनि बिभिन्न ब्यबसायिक क्षेत्रमा लगानी गरेका छन् । "समाजसेवा प्रति सानै उमेरदेखि मेरो रुचि थियो ।" गौरीले नेप्लिज डायस्पोरासंग भने । त्यही भएर होला जोशी अमेरिकाका दर्जन बढी सामाजिक संस्थामा संलग्न छन् । र, त्यो भन्दा पनि मुख्य कुरा आफु संलग्न नभएका संस्था र कार्यक्रममा सक्दो सहयोग गरिरहेका हुन्छन । जोशीले सामाजिक काम गर्ने एउटा मुख्य थलो बनेको छ -गैर आवासिय नेपाली संघ । यो संस्थामा उनी अमेरिकाको शाखा स्थापना हुँदादेखि नै सक्रिय छन् । अहिले उनी एनआरएनएको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक हुन् । यिनै गौरी जोशीले आइसीसीमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए अमेरिकामा लामो समयदेखि सक्रिय जोशीले सस्थागत कार्य अनुभवको आधारमा यस पटक आइसीसीको सचिव पदमा उम्मेद्धवरी दिन लागेको बताएका छन् । "एनआरएनए आइसिसिको अमेरिकाज क्षेत्रीय संयोजक भएर कार्य गरेको अनुभवको आधारमा अझै थप महत्वपुर्ण कार्यहरु गर्नका लागी मैले सचिव पदमा उमेद्वारी दिन लागेको छु" जोशीले भने । जोशीले सचिव भएर एनआरएनएको भिजन २०२० लाई व्यवस्थित रुपमा अघि बढाई पोलिसी ईष्टिच्युट मार्फत विश्वभरिका सीप, क्षमता र अनुभव भएकाहरुसंगै संस्था सन्चालनमा संयोजन गर्ने योजना बनाएको बताएका छन । "विभिन्न मुलुकमा रहेको गैर आवासिय नेपालीहरुको हकहित र समस्या समाधानको लागि आइसिसिमा निरन्तरता गर्ने सोच गरेको हुँ" जोशीले भने- "सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।" एनआरएनएलाई प्रत्यक्ष राजनीतिबाट टाढा राख्नु पर्छ भन्ने सोच राख्ने जोशी एनआरएनएमा लागेदेखिन नेपालमा हाइड्रोपावर, बैकिङ र इन्सुरेन्समा जस्ता व्यवसायहरुमा लगानी गदै आएका छन । सेवा र सहयोगका पर्याय जोशी एनआरएनएमा संसारभरबाट आएका प्रतिनिधिहरुको प्रिय पात्र भएर बसेका छन् । सबैको मुखबाट सुनिने एउटै वाक्य हो -'सचिवमा गौरी जोशी ।' जोशीको यहि लोकप्रियताले उनको जित सुनिश्चित जस्तै पर्यबेक्षकहरु बताउछन ।

images
प्रकाशित मिति :आश्विन २६, २०७६ आइतवार - २१:५६:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend