काठमाडौ । गैरआवासीय नेपाली संघ एनआरएनए को नवौं विश्व सम्मेलनबाट आगामी (२०१९-२०२१) कायकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको छ ।
शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।
४ उपाध्यक्षको खुलातर्फ पन्त समूहका बद्री केसी ११६३ अर्जुनकुमार श्रेष्ठ १०२७, सोनाम लामा ८९८ र आचार्य समूहका मन केसी ९६१ विजयी भएका छन् । महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् । यस्तै २ सचिवमा गौरीराज जोशी ९१६ र आर के शर्मा ८६८ विजयी भएका छन् ।
कोषाध्यक्षमा महेषकुमार श्रेष्ठ १६५३ मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल ११८४ विजयी भएका छन् ।महिला संयोजकमा भोमादेवी लिम्बु ७०२, युवा संयोजकमा हिमाल गुरुङ ७६८ विजयी भएका छन् ।
मध्यपूर्व र अफ्रिका क्षेत्रमा सबै निर्बिरोध
मध्यपूर्व र अफ्रिका क्षेत्रका भने सबै निर्बिरोध निर्वाचित भएका छन् ।मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् । महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवो संयोजकमा राजु रेग्मी पनि निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय उपसंयोजक र युवा संयोजकमा भने उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ ।
यसिया प्रशान्त क्षेत्रको संयोजकमा श्रेष्ठ
एसिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ २१७ विजयी भएका छन् । अन्य २ जना उम्मेदवार पराजित भएका छन् ।
दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने १९८ र पारसमणि पोखरेल १९५ विजयी भए ।
महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध निर्वाचित भएका छन् ।
अमेरिका क्षेत्रको संयोजकमा त्रिपाठी
अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी १५४ विजयी भएका छन् । उपसंयोजकमा राम सी पोखरेल १५० विजयी भए ।
महिला संयोजकमा उमा कार्की थापा १४४ विजयी भइन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।
ओेसेनियाको संयोजकमा पाण्डे
ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे १०५ विजयी भएका छन् । उनी ३ मतान्तरले मात्रै विजयी भए । उनका प्रतिस्पर्धी दिनेशराज जोशीले १०२ मत ल्याएका छन् ।
उपसंयोजकमा नवीन कंडेल १०७ विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि राम्जालीले १०० मत ल्याए ।
महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया भने निर्बिरोध चयन भएका छन् ।
युरोप क्षेत्रको संयोजकमा आचार्य
युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य २७४ विजयी भएका छन् ।