Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाल प्रेस युनियनको युरोप शाखा विस्तार, संजयभक्त कंडेल संयोजक

नेपाल प्रेस युनियनको युरोप शाखा विस्तार, संजयभक्त कंडेल संयोजक

सतीश चापागाईं

१०, कार्तिक २०७६
images
लन्डन । नेपाल प्रेस युनियनको युरोप शाखा विस्तार गरिएको छ । पत्रकार संजयभक्त कंडेलको संयोजकत्वमा युरोप शाखा विस्तार गरिएको हो । विदेश शाखा विस्तार गर्ने प्रेस युनियनको विधान अनुसार युरोप शाखा विस्तार गरिएको हो । युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले तीन महिना अघि नै कंडेललाई शाखा विस्तार गर्ने जिम्मेवारीसहित संयोजक तोकेका थिए । सोही बमोजिम कंडेलको नेतृत्वमा १४ सदस्य रहेको सदर्थ समिति गठन गरिएको एक विज्ञप्तीमार्फत जनाइएको छ । समितिको सदस्यहरुमा भरत प्रधान, प्रवल भट्टराई, विजय दर्पण, भोला लामिछाने, यादव देवकोटा, लालमणी भट्टराई, कृष्ण देवकोटा, रोमियन लिम्बु, ओम शर्मा, डा. शिव तिवारी, गुणराज शर्मा, शालिक गौतम, जसन भट्टराई रहेका छन् । लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण युरोप देशका संचारकर्मीहरुलाई एकताबद्ध गराउने उद्देश्यले थप सदस्य विस्तार गर्दै एक भब्य समारोहबीच अधिवेशनको तयारी सुरु गरिएको र चाँडै मिति तय गरिने संयोजक कंडेलले जानकारी दिए । उता युनियनको केन्द्रीय महाधिवेशनको तयारी नेपालमा भइरहेको छ । युरोप शाखामा सल्लाहकारहरु पनि चयन गरिएको छ । जसमा चिरञ्जिवी ढकाल, युवराज गुरुङ्ग, राजकुमार त्रिपाठी, गंगाधर गौतम, पुष्प थापा र हेमन्त सेढाईं रहेका छन् । युनियनले यसअघि नै बेलायत, दुवई, पोर्चुगललगायतका देशमा शाखा विस्तार गर्दै अधिवेशन पनि गरिसकेको छ । अन्य देशमा पनि शाखा विस्तारको तयारी गरेको जनाइएको छ । देश विदेशमा करिब आठ हजार सदस्य संख्या रहेको युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालको पहिलो सदस्य संस्था हो ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७६ आइतवार - ००:०२:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend