एनआरएनए अमेरिकाको स्टुडेन्ट प्रोग्रामको टास्कफोर्सको संयोजकमा त्रिभुवन पाण्डे मनोनित भएका छ्न । एनआरएनए अमेरिकाको हालै बसेको बैठक पाण्डेलाई संयोजक तोकेको हो ।
पाण्डेलाई अमेरिकामा रहेका बिद्यार्थीहरुको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको बुझिएको छ ।
एनआरएनए अमेरिकाले जिम्मेवारी दिएकोमा संयोजक पाण्डेले खुशी ब्यक्त गरे । उनले आफु सक्रिय भएर बिद्यार्थी हक हितमा लाग्ने पनि बताए । नेप्लिज डायस्पोरासंग कुरा गर्दै त्रिभुवन पाण्डेले भने, "अमेरिकामा रहेका बिद्यार्थीहरुको समस्या समाधान गर्ने यात्रामा म अगाडी बढिसकें ।"
पाण्डे संयोजक रहेको यो समितिमा सह संयोजक अनुप खनाल र सदस्यहरुमा वर्षा लामिछाने, विकास रुवाली, दिनेश यादब, काजल सापकोटा, नबिन पाण्डे, निश्चल मिश्र, प्रशील ढकाल, प्रसिस पाण्डे, पुष्पा ढकाल, रीतिका प्रसाई, सन्देश थापा, शंकर पौडेल, श्रीया गजुरेल छन् । सदस्यहरु एनआरएनए अमेरिकाले नै चयन गरेको हो ।
पाण्डे नेपालको गुल्मी जिल्लाबाट आएका युवा हुन् । उनि आफै बिद्यार्थी हुन् र आईटी कन्सल्टेन्टका रुपमा काम गर्दछन । छोटो समयमा एनआरएनए अमेरिकालाइ बुझेका युवाका रुपमा उनलाई हेरिन्छ । पाण्डेलाई सफलताको शुभकामना छ ।