प्रवासी नेपाली एकता मंच साउदी अरबले पनि एक औपचारीक कार्यक्रम गरी २०१९-२०२१ कार्यकालका लागी नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल (जोन) लाई सम्मान तथा बधाई दिएका छन्।
शिव राज जैशीको सभापतित्व रहेको उक्त कार्यक्रममा राजु खनालले कार्यक्रम संचालकको भुमिका निभाएका थिए भने प्रमुख अतिथीको रूपमा नव निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल उपस्थिती रहेको थियो ।साथै पूर्व मध्य पूर्व सह संयोजक तथा एनआरएनए साउदीका संस्थापक सदस्य राजु सैयद लगायत नव निर्वाचित एनआरएनए एनसिसी साउदीका पदाधिकारीहरू अतितको रूपमा उपस्थित रहेका थिए।साथै उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मंच साउदी अरबका कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रमको दौरान शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले अगामी दिनमा नेपाली श्रमिकहरूको हितमा काम गर्न सदैव एनआरएनए एनसिसी साउदी संग समन्वय र सहकार्य गर्न तत्पर रहेको बताए।
सम्मान तथा बधाई दिने क्रममा जन संपर्क समिती साउदी अरबले पनि रियाद स्थित एक रेष्टुरेण्टमा अनौपचारीक कार्यक्रम गरी नव निर्वाचित एनआरएनए आईसिसी मध्य पूर्व सह संयोजक राजेन्द्र अर्याललाई सम्मान तथा बधाई दिँदै सम्मान पत्र प्रदान गरेका छन्। उक्त कार्यक्रममा जनसम्पर्क समिती साउदीका अध्यक्ष दिपक रेग्मी, महामन्त्रि सुरेश राज त्रिपाठी लगायत कार्यसमितिका पदाधिकारीहरूको उपस्थिती रहेको थियो।