Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

दूतावास साउदीद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एनआरएन लगायतका संस्था र मिडियाहरुसंग सहकार्य आह्वान

दूतावास साउदीद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन एनआरएन लगायतका संस्था र मिडियाहरुसंग सहकार्य आह्वान

नेप्लिज डायस्पोरा

१०, मंसिर २०७६
images
  समर्पण रम्जान दिन मियाँ नेपाल सरकारले तय गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन यतिबेला बिश्वका सम्पुर्ण नेपाली दूतावासहरु लागी परेका छन । यसै अवसरमा विभिन्न कार्यहरु गरि साउदी अरबबाट पनि अत्याधिक पर्यटकहरु भित्र्याउने उद्देश्यले नेपाली दूतावास रियाद साउदी अरबले पनि साउदीमा क्रियाशील रहेका सबै नेपाली संघसंस्थाहरुका प्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० सम्बन्धमा विस्तारमा छलफल गर्न यहि मिति २०७६।८।१३ तदनुसार नोभेम्वर २९, २०१९ का दिन दिनको १२:१५ बजे नेपाली राजदूतावासमा एक छलफल कार्यक्रम राखी कार्यक्रममा उपस्थिति को लागी अनुरोध गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि साउदी अरबको सम्पुर्ण भुभागमा सहज रुपमा सन् २०२० भरी विभिन्न कार्यक्रम आयोजना गरी व्यापक प्रचार प्रसार गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाली राजदूतावास रियादले गैर आवासीय नेपाली संघ, नेपाली समुदायका सामाजिक संघसंस्थाहरु र मिडियाहरु सित सहकार्य गर्दै अगाडी बड्ने योजना बनाएको ले यो कार्यक्रम राखिएको दूतावास द्वारा जारी गरिएको निमन्त्रणा पत्रमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०७६ मंगलवार - १५:३०:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend