Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

यूएई : २ जना नेपालीमा काेराेनाकाे सङ्क्रमण देखियाे

यूएई : २ जना नेपालीमा काेराेनाकाे सङ्क्रमण देखियाे

नेप्लिज डायस्पोरा

२६, फाल्गुण २०७६
images
काठमाण्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई जना नेपालीसहित यूएईका चार जना, इटलीका तीन जना, बङ्गलादेशका दुई जना, रुसका एक जना, भारतका एक जना र सिरियाका एक जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । १४ जना नयाँ सङ्क्रमित थपिएसँगै यूएईमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको स्वास्थ्य विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ । यसअघि सङ्क्रमित भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरु नयाँ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । चीनमा महामारीको रुप लिएपछि यूएईका अधिकारीहरुले देशमा भाइरसको प्रसारको निगरानी र उच्चतम चिकित्सा मानकअनुसार यसलाई नियन्त्रण गर्न कुनै प्रयास नगरेको मन्त्रालयले पुष्टि गरेको छ ।

images
images
प्रकाशित मिति :फाल्गुण २६, २०७६ सोमवार - ०८:३४:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend