Logo

सोमवार, कार्तिक १७ गते २०८३   |   2026 November 02

images

images

अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन

अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको निधन

नेप्लिज डायस्पोरा

२७, फाल्गुण २०७६
images
अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको सुतेकै अवस्थामा निधन भएको छ । उनी बाग्लुगं नगरपालिकाका ३१ बर्षिय सुनिल केसी रहेको उनका साथीहरुले जानकारी दिएका छन् । आफुले काम गरेकै स्टोरको माथिल्लो तल्लामा बसोबास गर्ने केसी दुईदिनदेखि काममा नआएको हुँदा स्टोर मै काम गर्ने सहकर्मीहरुले गएर ढोका खोल्दा नखुलेपछि प्रहरीलाई खबर गरिदिएको बुझिएको छ । केसीको मृत शरीरलाई पोष्टमार्टमपछि बाल्टिमोरको कोरोनरि हाउसमा सुरक्षित राखिएको छ । उनको निधनको कारण यकिन भईसकेको छैन । नेपालमा रहेको उनको परिवारले उनको मृत शरीर नेपाल मै पठाउन अनुरोध गरेकोले त्यसैको प्रक्रियाका बारेमा छलफल शुरु भएको बानाका पुर्ब अध्यक्ष कुलमणि आचार्यले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभएको छ । हालसालै अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेका थिए ।   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण २७, २०७६ मंगलवार - ११:०४:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend