४, बैशाख २०७७
कोभिड - १९ ,को प्रकोप झन्झन बढ्दैजादा सजगता र सामाजिक दुरि कायम गरि ब्यक्तिगत सरसफाइमा ध्यान दिनु बाहेक कुनै ठोस ॵषधि फेला परेकोछैन । बिश्व भरका २१ लाख भन्दा बढि नागरिकहरू कोरोना संग लडाइ गर्न शारिरिक क्षमताले भ्याए सम्म जुध्दै छन ।
यसै गरि साउदि अरबमा पनि आजका मिति सम्म आइपुग्दा ६ जना नेपाली सहित ६३८० संक्रमित भेटीए भने ८३ जनाले ज्यान गुमाए । ५ जना नेपाली स्वास्थ्य लाभ गरि काममा फर्किसकेका छन भने एक जना उपचाररत छन ।
बिश्व नै लकडाउन भै आवतजावत बन्द भैरहेकोले गर्दा प्राय कम्पनिहरू बन्द हुने अबस्थमा छन फलत:कामदारहरू पनि बेरोजगार हुने क्रम जारी छ। करिब १२०० सयका हाराहारिमा अनधिकृतरूपमा रहेका नेपालि कामदारहरू आममाफिका दौरान बहिर्गमनका भिसा पर्खिरहेका थिए लाइ खानपिन र आबासका समस्याहरू देखापर्न थालेको छ । दोश्रो चरणको लक डाउन थपिए संगै समस्याहरू झन सतहमा आउन लागेको छ। अहिले प्राय सप्लाइ कम्पनिहरूका आफ्ना क्याम्प थिएन, कामदारहरू आबस्यक्ता अनुसार सिधै एउटा रोजगारदाता बाट अर्कोमा जाने क्रम हुन्थ्यो । दैनिक जसो ५०० को हाराहारीमा संक्रमित भेटिए संगै दोश्रो चरणको लकडाउनमा कडाइ गर्न सरकारले निर्देशन जारि गरे संगै काम गर्न जान पाइने पास करिब करिब बन्द भैसकेको छ। साउदि सरकारले कपम्पनि र ब्यपारिक प्रतिष्ठानमा क्षमता अनुसार कामदार घटाउन बिदामा पठाउन ॵपचारिक स्विकृति रूपमा दिइसकेको छ।
अहिले प्राय कन्सट्रक्सन कम्पनि, होटल, कफि सप, मल आदिका कामदारहरू क्याम्पमै छन, तलब आउने नआउने दूबिधामै छन, सम्भबत: मे महिनाको तलब आउने पर्खाइमा छन । कतिपय कामदारहरू लाइ खानाको मात्रै रकम दिइ एयरपोर्ट खुल्ने पर्खाइमा रहेको छ।
मे महिना पछि कम्पनिहरूले कामदारको भार थेग्न सक्ने अबस्थामा हुन सक्दैनन, एकै चोटि हजारौको संख्यामा नेपालीहरू पिडित बन्न् सक्ने अबस्थाको सृजना हुन सक्ने प्रबल सम्भावना देखिइने भएको छ। बिगतमा किराना पसलहरूले उधारोमा खाधान्न दिएको भए पनि अहिले नगदमा मात्रै सिमित भएको छ।
समस्या दिनानुदिन यसरी बढदैछ, कि आ आफ्नो बास स्थान भन्दा नजिकको किराना पसलहरू बाहेक दायाँ दायाँ जान कानुनन दण्डनिय र यो नियम उलंघन गरेवापत १० रियालको दण्ड तिर्नु पर्ने हुन्छ। यो जरिमाना कतिपयले पाइसकेकाछन।
यस दयनिय अबसथामा नेपाल सरकारसंग बिदेशमा रहेका नेपालीहरूले आफ्ना परिवारलाइ मात्रै गाँस बास दिएन संतानलाइ उच्च शिक्षा दिलाउन महत्वपुर्ण योगदान दिनुका साथसाथै राज्यलाइ रेमिटान्सको माध्ययमबाट बैदेशिक मुद्रा आर्जन गरि ग्राहस्थ्य उत्पादनमा ठुलो हिस्सा योगदान गरेको छ । बैदेशिक रोजगार बोर्डमा पनि श्रम नबिकरण बापत अबौं रूपैया योगदान गरेको छ।
बिपदको यस घडिमा प्रबासि नेपालिहरू नेपाल सरकार संग याचना गरिरहेको छ, र नेपाल सरकारको दायित्व भित्र पर्ने कर्तब्य बोध गराउन बैदेशिक रोजगार ऎन २०६४ ले दिएको अधिकार अन्तर्गत परिच्छेद १२ को धारा ७५ को उपधारा २ अनुसार ‘नेपाली कामदार कार्यरत मुलुकमा युद्ध, माहामारी, प्राकृतिक बिपति परि कामदारलाइ तत्काल फिर्ता गर्नु पर्ने भएमा नेपाल सरकारले कुटनैतिक नियोग वा श्रम सहचारि मार्फत कामदार फिर्ता गर्ने ब्यबस्था मिलाउने छ।
अहिले यो धारा इमान्दारी पुर्बक लागु गर्न सर्बोच्च अदालतले पनि नेपाल सरकार लाइ आदेश जारी गरिसकेको छ।
(पासवान एनआरएनएका आइसिसि सदस्य हुनुहुन्छ । सम्पादक )
अमेरिकामा कोरोनाको अवस्था कस्तो छ ? पत्रकार सतिश चापागाईंसंग देबेन्द्र केसीको बिस्तृत कुराकानी
https://youtu.be/UzL5FOvCu7g
https://youtu.be/enSHw4h0vKU
प्रकाशित मिति :बैशाख ४, २०७७ बिहिवार -
२१:४९:३७ बजे