Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको निधन

अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको निधन

images
अमेरिकाको मेरिल्याण्ड राज्य स्थित क्रफ्टन सिटीमा एक नेपाली युवाको असामयिक निधन भएको छ । नेपालमा पुर्ख्यौली घर पर्बत भएपनि हाल चितवनमा घर भएका र केहि बर्षदेखि अमेरिकाको क्रफ्टनमा बसोबास गर्दै आएका युवा बैकुण्ठ लामिछानेको निधन भएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सोहि समुदायका निवासी कृष्णजीवि पन्तले बताउनु भयो। लामिछानेको मृगौला र कलेजोसंग सम्बन्धि रोगका कारण निधन भएको बुझिएको छ । उनि दुई महिना अगाडी मात्र नेपालमा गएर परिवार भेटेर आएका थिए । डेढ महिना नेपाल बसेर आएका लामिछाने तीन हप्ता अगाडी अचानक बिरामी परेका थिए । एक हप्ता अस्पताल बसेर घर आएका लामिछाने अर्को हप्ता फेरी अस्पताल गए तर फर्केर आउन पाएनन । डाक्टरले कलेजोको जन्डिस भनेर भनेको पारिवारिक स्रोतले जानकारी दिएको छ । बिरामी भएपनि कोरोनाका कारण अस्पताल भिडभाड भएको र आफै पनि सामान्य जस्तै मानेर बस्दा यो असामयिक निधन भएको हुनसक्ने साथीभाईहरुले बताएका छन् । उनलाई कोरोना भने भएको होइन । बिहिबार बिहान मृत घोषणा गरिएका लामिछानेको शुक्रबार दिउसो दाह संस्कार गरिएको क्रफ्टनका बासिन्दा, सामाजिक अभियन्ता तथा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीले "एक असल छिमेकी र समाजको सक्रिय युवा गुमाउदा पीडा बोध भएको बताउनु भयो । मेरिल्याण्डका स्टेट डेलिगेट ह्यारी भण्डारीको बिशेष पहलमा आज नै निशुल्क दाहसंस्कार हुन सकेकोमा क्रफ्टनबासिले भण्डारीलाई धन्यवाद दिएका छन् । निधन भएका लामिछानेकी एक श्रीमती र एक छोरी रहेका छन् । आज नै 'फ्रेन्ड्स अफ क्रफ्टन'ले पीडामा रहेको लामिछाने परिवारलाई १२ हजार डलर आर्थिक सहयोग उठाएको छ र अझै सहयोग उठाईरहेको अशोक केसीले बताउनु भयो । भाव विह्वल श्रीमती र छोरीलाई त्यहाका सबै नेपालीले सान्त्वना दिईरहेको पनि बुझिएको छ । 'फ्रेन्ड्स अफ क्रफ्टन'ले देखाएको एकता र तत्परताले अरु नेपाली समुदायमा पनि सकारात्मक सन्देशगएको छ । यस असहज परिस्थितिमा उपस्थित भएर देखाएको एकता र सहयोगको अशोक केसीले हृदयदेखि हार्दिक धन्यवाद दिनुभयो । 'फ्रेन्ड्स अफ क्रफ्टन'ले मेरिल्याण्डको समाजमा उदाहरणीय कार्यहरु गर्दै आईरहेको छ । चाहे मन्दिर निर्माणको लागी होस वा एउटा नेपाली छोरालाई अमेरिकन राजनीतिमा स्थापित गराउने बिषयमा होस उनीहरु सधै एकताबद्द रुपमा काम गर्दै आईरहेका छन् । लामिछानेको असामयिक निधनमा पनि 'फ्रेन्ड्स अफ क्रफ्टन'ले उदाहरणीय सहयोग देखाउन सफल भयो ।

images
प्रकाशित मिति :जेठ २, २०७७ शुक्रवार - १६:१६:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend