काठमाडौं । काेराेना भाइरसका कारण असोजयता लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नहुने भएको छ । सरकारले भदौ मसान्तसम्म लामो दुरीको सार्वजनिक यातायात सञ्चालन नगर्ने निर्णय गरेको हो । यो सँगै दशैंका लागि मात्र केही समय अघि यातायात सञ्चालन हुने बुझिएको छ।
देशभर कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकार यस्तो निर्णयमा पुगेको हो । दशैं नजिकिदै गर्दा सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । यसपटक चाडबाँडलाई लक्षित गरेर मात्र केही दिन अघि लामो दुरीको यातायात सञ्चालनको अनुमति दिइने बुझिएको छ ।