Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस! -आत्माराम कोईराला

सन्दर्भ: राष्ट्रिय मेलमिलाप दिवस! -आत्माराम कोईराला

नेप्लिज डायस्पोरा

१६, पौष २०८२
images
सन्दर्भ:  राष्ट्रिय मेलमिलाप दिवस! -आत्माराम कोईराला

आज पौष १६, राष्ट्रिय मेलमिलाप दिवस। यो दिन केवल वीपी कोइरालालाई सम्झने औपचारिक मिति मात्र होइन, यो दिन हामी कहाँ चुक्यौँ र अब कहाँ फर्किनुपर्छ भन्ने आत्मसमीक्षाको दिन पनि हो।

जननायक वीपी कोइराला करिब ८ वर्ष भारतमा निर्वासित जीवन बिताएर, नेपालको राष्ट्रियता र सार्वभौमिकता गम्भीर संकटमा परेको देखेपछि २०३३ साल पौष १६ मा "राष्ट्रिय एकता र मेलमिलाप" को आह्वानसहित स्वदेश फर्किनुभएको थियो। आफूमाथि मृत्युदण्डसम्म हुन सक्ने जोखिम मोलेर पनि वीपी स्वदेश फर्किनु भएको थियो, सत्ता लिन होइन, राष्ट्र जोगाउन।

वीपीले कहिल्यै राजा फाल्नुपर्छ भन्नु भएन। वीपीका लागि राजा कुनै शत्रु थिएनन्, राजा राष्ट्रको प्रतीक थिए। त्यसैले उहाँले राजासँग मिलेर प्रजातन्त्र सुदृढ गर्ने बाटो रोज्नुभयो। वीपीको मेलमिलापको अन्तर्य प्रष्ट थियो:

१.राष्ट्रियता जोगाउन राजा र प्रजातन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ।

२.बाह्य शक्तिको हस्तक्षेप रोक्न आन्तरिक एकता अपरिहार्य छ।

तर विडम्बना:  काँग्रेसले ठीक उल्टो बाटो रोज्यो। राजा फाल्ने हठ काँग्रेसको मुख्य एजेण्डा बन्यो। २०६२/६३ मा आइपुग्दा काँग्रेस राजसंस्था अन्त्य गर्ने योजनामा सिखण्डी बनेर उभियो। राजसंस्था समाप्त भएपछि काँग्रेस “विजेता” होइन, प्रयोग भइसकेको औजार बनाइयो। काँग्रेस निर्णायक शक्ति बनेन, केवल संक्रमणकालीन भर्‍याङ मात्र बनाइयो। राजा फाल्ने काम सकिनासाथ काँग्रेसको भूमिका पनि समाप्त गर्दै अरू शक्तिहरूलाई स्थापित गर्ने योजना थियो भन्ने संकेत आज प्रष्ट देखिन्छ।

विदेशी भूमिमा प्रजातान्त्रिक र राष्ट्रघातीहरु सँग गरिएको १२ बुँदे सम्झौताले राष्ट्रिय स्वाभिमान कमजोर बनायो,

बाह्य शक्तिलाई नेपालको आन्तरिक मामिलामा खुला खेल्ने मैदान दियो। वीपीको जीवनभरको संघर्ष र अनुभवबाट आर्जित मूल्य मान्यता र आदर्शलाई उहाँकै नाम जपेर ध्वस्त पारियो।

IMG_6929.jpeg

आज परिणाम हाम्रो सामु छ। प्रतिबन्धित अवस्थामा पनि राजनीतिको प्रमुख शक्ति नेपाली काँग्रेस आज विस्थापित भएको अवस्था छ।

पार्टी सभापतिले कुटाइ खानु पर्यो, नेताहरूका घरहरू जलाइए। यी कुनै आकस्मिक घटना होइनन् यी दशकौँको गलत दिशा, सत्ता मोह र आत्मसमर्पणको परिणाम हुन्।

आज काँग्रेस आफ्नै इतिहाससँग डराइरहेको छ, वीपीको नाम उच्चारण गर्छ तर उहाँका विचारबाट भाग्छ। सत्तामा पुग्न कहिले एक, कहिले अर्को कम्युनिस्ट दलको पुच्छर समाउँदै जाँदा आफ्नै अस्तित्व समेत गुमाउन पुगेको छ।

यदि काँग्रेसले अझै पनि वीपीको वास्तविक मेलमिलापको नीति: राजा र राष्ट्रवादी शक्तिसँग एकता, बाह्य हस्तक्षेपको अस्वीकार र जनताको आत्मसम्मानमा आधारित राजनीतिको मार्ग अपनाउन सकेन भने आगामी दिनहरू अझै कठोर हुनेछन्।

४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा यही प्रश्न बाँकी छ: काँग्रेस वीपीको विचारतिर फर्किन्छ कि

इतिहासमा राजा फालेर आफैं समाप्त भएको दल

भनेर लेखिन चाहन्छ?

जय वीपी! जय नेपाल!

images
प्रकाशित मिति :पौष १६, २०८२ बुधवार - १८:४७:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend