Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

रहेनन् भारतिय पूर्व राष्ट्रपति मुखर्जी,एक हप्ता भारतभर शोक मनाईने

रहेनन् भारतिय पूर्व राष्ट्रपति मुखर्जी,एक हप्ता भारतभर शोक मनाईने

Nepal Desk

१६, भाद्र २०७७
images
रहेनन् भारतिय पूर्व राष्ट्रपति मुखर्जी,एक हप्ता भारतभर शोक मनाईने

काठमाडाैँ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएकोले आजदेखि भारतभर शोकको घोषणा गरिएको छ । भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ ।

झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो ।सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ । यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ ।

भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो । आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन् ।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । कोमामा रहेका उनको सोमबार निधन भएको सो अस्पतालले घोषणा गरेको थियो ।उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ ।

उनी भारतको १३ औँ राष्ट्रपति हुनुभएको थियो ।उनको कार्यकाल सन् उनी २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत भएका थिए।-एएनआई

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १३:००:२४ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend