Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह

१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह

Nepal Desk

१८, भाद्र २०७७
images
१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह

काठमाडौं – काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्यु लगाउन माग गरेका छन् । कोरोना संक्रमण फैलिएकाले दुई साता कफ्र्यु आदेश जारी गरी निषेधाज्ञा कडा बनाउनुपर्ने मेयर फोरमको सुझाव छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए ।

उनले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोक्न संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिएका हुन् ।

कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने भन्दै उनले खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको बताएका हुन् ।

विपन्न वर्गहरुलाई उनले आफु बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने बताएका छन् । काठमाडौँ उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको आज (बुधबार) मध्यरात देखि सकिदै छ ।

उपत्यकाका तीनवटै जिल्लाका सिडिओले आज गृह मन्त्रालयलाई नै जिम्मेवारी सुम्पिँदैछन् । बुधबार बेलुकासम्म गृह मन्त्रालयले निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । सम्भवतः एक हप्ता निषेधाज्ञा थप हुने बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - ०९:२२:०९ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend