हरि कृष्ण न्यौपाने-
कुवेतको अहमादी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ९,२०२० का दिन प्रकशित समाचारमा तीन वटा अपार्टमेन्ट भाडामा लिएर मदिरा उत्पादन केन्द्र सन्चालन सन्चालन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाए पनि पक्राउ पर्नेहरुको परिचय र अन्य बिबरण भने खुलाईएको छैन।
समाचारमा भनिएको छ "अबैधानिक काम गरिरहेको सुचनाका आधारमा कुवेत प्रहरिले घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मारेको हो।घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने उपकरणहरु र ठूलो संख्यामा तयारी अबस्थामा रहेको मदिरा समेत जफत गरिएको छ।उनीहरुलाई कानुनी प्रकृया पूरा गरि डिपोर्टेशन सेन्टरमा पठाइने र देश निकाला (डिपेर्ट) गरिने छ।