फर्किनु छ
दुई बिस तिन बर्ष पहिले
एउटा क्याम्पस पढ्ने बिद्यार्थीको कोखबाट जन्मे
ति आमासँग टाढा बसेको पन्ध्र वर्ष भयो
कति गुन कति ऋण कुनै हिशाबै छैन
त्यो नौ महिना सुरिक्षत गर्भमा खेलेको भाडा
कम्तिमा त्यतिको भार चुक्ता गर्न पनि त फर्किनु छ
म वीर अस्पतालमा जन्मे
त्यो ताका लाखौं झुपडीमा जन्मे, हजारौं नजन्मदै मरे
कतिले भुलेर फर्केनन् कतिले सम्झेर पनि फर्केनन्
त्यो अस्पताल अहिले पनि उस्तै नाजुक छ सुन्छु
भाग्यमानी रैछु, सफल जीवन शुरु भो त्यहाँबाट
त्यसको माया छ मनमा त्यो तिर्न पनि त फर्किनु छ
बा पढाउनु हुन्थ्यो त्यो बेला
स्कुल आउंदा जाँदा स-साना सिन्का कोटमा हाल्नु हुन्थ्यो
त्यहि सिन्का बाली सेकेका पाखुरा मेरा परदेशमा छन्
तर बा का पाखुरा भने लुला भए होलान
ति बाटाका सिन्का काम लागे म भन्दा देशलाई
तिनै सिन्का बाली अब बा का पाखुरा माड्न पनि त फर्किनु छ
केहि बर्ष काठमाडौँ बसि गाउँ फर्कियौं
त्यहि गाउँको हावा पानीले यत्रो बनायो
आज काफल कटुस र कुरिलो खाने म जस्ता केटाकेटी छैनन्
कोइलीको सुशेली हैन बुढा बा आमाका सुस्केरा सुनिन्छ
न त्यो हावा म सम्म आउँछ न म पुग्न सकेको छु
आज फेरि त्यो गुन सम्झेर गाउँको मुहार फेर्न पनि त फर्किनु छ
दुई बर्ष जति त्यहि गाउँमा बा आमा बिना हुर्कें
हजुर आमाले सकि नसकि पाल्नु भो
दिनहुँ छर छिमेकीले “केटो भोकै होला” भनेर भट्ट र मकै दिनुभो
जुम्रा लुतो भरिको शरीर लिएर स्कुल जाँदा पनि
लुतो माथि पाति दलिदिनु भो, माया गरेरै पढाउनु भो
ति मकैको पैंचो र पाति नभए औषधि दिन पनि त फर्किनु छ
पछि पोखरा सरें म बा आमासंग बस्न
माछापुछ्रेको काखमा सेतीको आडमा ठुलो भएँ
त्यहि सहरमा हुर्कियो त्यहि सहरमा बढियो
सयौं बिरामीका सहयोगले एउटा डाक्टर पनि पढियो
चटक्क छोडेर अमेरिका छिरियो, सुकिला सडक अग्ला महलमा भुलियो
बर्षौ हराएको माटो बिर्सेको म अब केहि दिन पनि त फर्किनु छ
अमेरिका