एनआरएनए आईसीसीको महिला उपाध्यक्षमा मध्यपुर्वबाट यासमिन बेगम सैयदले उम्मेदवारी दिने भएकी छिन । नेप्लिज डायस्पोरासंग कुरा गर्दै सैयदले भनिन "मैले लामो समय एनआरएनएमा बिताएँ। सधै साथीहरुको सहयोग पाएकी छु र यो पटक पनि पाउने छु।"
विभिन्न संचार माध्यमहरुको आफ्नो कुरा राख्दै उनले आईसीसी महिला उपाध्यक्षमा दावी रहने बताउदै आएकी छिन। आफ्नो मुख्य उदेश्य साझा एनआरएनए र सक्षम नेतृत्वले मात्र एनआरएनएको गरिमा र संस्थालाई जिवन्त दिनसक्छ भन्ने उद्देश्यका साथ आफ्नो नेतृत्व तहमा उम्मेद्बारी रहेको प्रष्ट पारेकी छिन्। बिगत लामो समयदेखि मध्यपुर्वमा रहेर संस्थाको अस्तित्व र संस्थाको गतिविधिमा आफ्नो सिङ्गो परिवार लागेको बताएकी छिन् ।
सन् २००७ देखि एनआरएनए साउदीको संस्थापक सदस्य रही कयौं संघसंस्थामा प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेर सामाजिक काम गरिरहेकी बेगमले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरी सामाजिक कार्यसँगै साउदी अरबमा आफ्नो व्यवसायमा पनि सक्रिय रहेकी छिन्।
साउदी अरबमा रहेर गैरआवासीय नेपालीहरूको हक र अधिकारका लागि निरन्तर लागिरहेकी सामाजिक अभियन्ता बेगमले गैरआवासीय नेपाली संघमा विधान संशोधन समितिको सदस्य भएर काम गरिसकेकी छिन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिमा मध्यपूर्ण उपसंयोजक रहेर कार्यरत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको सेवा गरिरहेकी छिन्।
एनआरएनए लगायत विभिन्न सामाजिक संघसंस्थाको जिम्मेवार पद रहेर समाजसेवा गरेकी बेगनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महिला तथा पुरुष लगायतका बिभिन्न पक्षमा राहत तथा उद्धारको लागि सहयोगार्थ सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् ।
खाडिमा कार्यरत नेपाली दिदिबहिनी र दाजुभाइहरु समस्याबारे जानकार बेगमको उम्मेदवारीले खाडीको श्रमिक समस्याको अन्तर्राष्ट्रियकरण हुने बिश्वास गरिएको छ।
बेगम एनआरएनएको बौद्धिक समुह मध्येको एक प्रभावशाली महिला नेतृत्वमा समेत स्थापित नाम हो। संस्थाको लागि सम्पुर्ण जीवन खर्चिएका वेगमको लागि आईसिसी उपाध्यक्षको पदको लागि भने स्वर्णिम अबसर सहित चुनौती पनि हुनेछ।