Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

शेष घलेद्वारा गठित विश्व बराल नेतृत्वको निर्वाचन समितिका सदस्यहरुद्वारा राजिनामा

शेष घलेद्वारा गठित विश्व बराल नेतृत्वको निर्वाचन समितिका सदस्यहरुद्वारा राजिनामा

सतीश चापागाईं

१०, चैत्र २०७८
images
शेष घलेद्वारा गठित विश्व बराल नेतृत्वको निर्वाचन समितिका सदस्यहरुद्वारा राजिनामा

 

काठमाडौँ

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेद्वारा गठित निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत विश्वनाथ  बराल तथा तीन जना सदस्यहरुले आफ्नो पदबाट राजिनामा दिएको जिएनएनले जनाएको छ । 


बुधबार बसेको निर्वाचन अधिकृतहरुको बैठकमा प्रमुख संरक्षकले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गरेको तथा निर्वाचन अधिकृतहरुले छलफल गर्न खोज्दा आफ्नो कुरा मात्रै लाद्न खोजेको उनीहरूले जनाएका छन्।


"राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत मार्च ६ तारिख २०२२ मा बसेको बैठकले दिएको म्यान्डेट अनुरुप प्रमुख संरक्षक शेष घलेले गठन गर्नुभएको निर्वाचन समितिमा रही हामीले काम गरिरहेकोमा एनसीसीका अध्यक्षहरुले नै हाल सुरु गरिएको निर्वाचन प्रक्रिया संघको विधान र नियमावली विपरित हुनुका साथै संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले अगाडि बढाइएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट अधिकांशले फिर्ता लिएको हामीलाई जानकारी गराउनु भएको छ," विज्ञप्तिमा भनिएको छ।


"निर्वाचन समितिको नाममा अब उप्रान्त गरिने कुनै पनि क्रियाकलापप्रति हाम्रो संलग्नता र सहमति नरहने पनि स्पष्ट पार्दछौं," विज्ञप्तिमा भनिएको छ।


प्रमुख निर्वाचन अधिकृत विश्वनाथ बराल (अमेरिका) तथा निर्वाचन समितिका सदस्यहरु अधिवक्ता बासुदेव फूलारा (अमेरिका), विमल सुवेदी (कतार) तथा पुष्प थापा (जर्मनी) ले बुधबारदेखि लागू हुने गरी राजिनामा गरेको जनाएका छन्।

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - ०१:३३:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend