Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनेसासको आजीवन सदस्यता अद्यावधिक गर्न तीन साहित्यकारलाई जिम्मा

अनेसासको आजीवन सदस्यता अद्यावधिक गर्न तीन साहित्यकारलाई जिम्मा

सतीश चापागाईं

७, बैशाख २०७९
images
अनेसासको आजीवन सदस्यता अद्यावधिक गर्न तीन साहित्यकारलाई जिम्मा

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्वभर छरिएर रहेका आफ्ना आजीवन सदस्यहरूको सदस्यता अद्यावधिक गर्न प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा राम खत्री र राम लामा अविनाशी सदस्य रहनुभएको सर्वाधिकार सम्पन्न विशेष समिति गठन गरेको छ ।

३२ वर्ष पुरानो यस संस्थामा हाल विश्वभरमा ६० वटाजति च्याप्टर र २३०० जति सदस्य रहेका छन् । लामो समयावधिमा सदस्य सङ्ख्या वृद्धि र बसोबास स्थानान्तरणले सदस्य सङ्ख्या र स्थान फेरबदल भइरहँदा सही तथ्याङ्क प्राप्त गर्न कठिन भएकाले यसलाई अद्यावधिक गर्न लागिएको हो ।

प्रा.डा. लुइटेलको संयोजकत्वमा गठित यस समितिलाई आवश्यक परेको कुनै पनि सूचना तथा विवरणहरू सहज रूपमा उपलब्ध गराइदिनुहुन विश्वभरिका च्याप्टरहरू तथा आजीवन सदस्यज्यूहरूलाई अनुरोध गरिएको कुरा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - १६:१०:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend