Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

पासाङ शेर्पाको ‘कोरोना कथा’ को न्युयोर्कमा विमोचन

पासाङ शेर्पाको ‘कोरोना कथा’ को न्युयोर्कमा विमोचन

सतीश चापागाईं

२९, बैशाख २०७९
images
पासाङ शेर्पाको ‘कोरोना कथा’ को न्युयोर्कमा विमोचन

गीतकार पासाङ शेर्पाले लेखेकोकोरोना कथापुस्तक न्युयोर्कमा एक कार्यक्रमको वीच विमोचन गरिएको गीतकारशेर्पाले न्युयोर्कमा कोरोना आएको बेला आफुले देखेको भोगेको अनुभवको आधारमा लेखेको उक्त पुस्तक नेपालमा अमेरिकामा विमोचन गरेका छन

कोरोना आए लगतै न्युयोर्कमा संगठीत कोरोना सचेतना समुहको सदस्य पासाङ स्वयमकोरोना महामारीको बेलामा घरघरमा राहत बाडने कार्यमा क्रियाशील थिए

अमेरिकामा न्युयोर्कस्थित शेर्पा किदुग खुम्बु पासाङल्हमु शेर्पा समाजद्धार संयुक्त रुपमा पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेका थिए

न्युयोर्कको क्वीन्स उडसाइडस्थित धर्म हाउसमा आयोजित उक्त कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायीप्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम धर्म गुरुलोपेन गुर्मे छोड्रकले विमोचन गरेका थिए

कार्यक्रममा राष्ट्रसंघका लागी स्थायी प्रतिनिधि राईले कोरोनाको वेलाको आफुले देखेको अनुभवको आधारमा लेखेकोपुस्तक निकै रोचक रहेको बताएका थिए त्यस्तै कार्यवाहक महाबाणिज्यदुत गौतमले कोरोनाको कथा पुस्तकलेत्यतिखेरको बास्तविक जीवनको बारेमा उजागार गरेको बताएका थिए

4FF29227-172D-4317-B201-F7421C07DDE2.jpeg

न्युयोर्कको ज्याक्सनहाइटमा चर्चितहेयरस्टालिसको रुपमा चिनिएका पासाङलेतल पर्‍र्यो सल्लेरी माथि पर्‍र्यो नाम्चे बजारसाझ ढलेको थाहा पाइन, सयौडाडा काटदै नरोउ तिमी लगायतका आधा दर्जन बढि चर्चित गीतहरु लेखिसकेका छन्

पासाङ-डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको कोरोनाको कथा पुस्तकको मूल्य नेपाली रु ५०० अमेरिकी डलर २५रहेको जनाएको

कूल ५६६ पृष्ठको पुस्तकमा कोरोना शुरु हुन अघि लकडाउनमा घरभित्र बस्नु परेको पिडा, लकडाउनमा राहत वितरण गर्दा लकडाउनपछिको जनजीवन लगायतको अनुभवहरु समेटिएको उक्त पुस्तक लेखकशेर्पाले आाफनो बुबा फुरी गेल्जे शेर्पाप्रति समर्पित गरेका छन्

कार्यक्रममा आदीवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोर्डअफ ट्रष्टीका अध्यक्ष गीता खत्री, एनआरएनका उपाध्याक्ष बाबुराम लामा, किदुगका अध्यक्ष छिरिङ शेर्पा खुम्बुपासाङल्हमु किदुगका अध्यक्ष ङवाङ शेर्पाले पुस्तकको बारेमा चर्चा गरेका थिए कार्यक्रममा न्युयोर्कमा क्रियासिलविभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए

समाचार साभार ः एभरेष्ट टाईम्सबाट

 

7EDDEE92-0764-4095-B5B6-B9161EE34C30.jpeg

 

 

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - २३:०५:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend