Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

हे वीर योद्धा उठ (कविता) - चुडा निर्भिक

हे वीर योद्धा उठ (कविता) - चुडा निर्भिक

सतीश चापागाईं

१०, जेठ २०७९
images
हे वीर योद्धा उठ (कविता)   - चुडा निर्भिक

 

तातो रक्त हुने युवा युवतिले होष्टे गरुन् तत्क्षण ।
नेपाली सब नौजवान उठ लौ आऊ जुटौं सम्भव ।।
तन्नेरी वयका विचार नव ली यो देश हाँकुन् अब ।
बिग्रेको छ सँधै सुरम्य गतिलो यो देशको हालत ।।

पर्दा रक्त वहाउने शहिद भै बोकेर क्षेप्याश्त्रको ।
सीमामा परखाल लाउन सके यै शक्तिले गर्छ त्यो ।।
खाने दाम लतार्न वीर यिनले सक्नेछ पक्का पनि ।
हाम्रा वीर विदेशमा किन गए ऐले गरौं सोधनी ।।

बग्ने भव्य नदी थुनेर विजुली बाल्नै छ नेपालमा ।
बिक्री गर्न कुवेर बन्न सकिने देखिन्छ सम्भावना ।।
भत्केको सबतर्फ विकार यसका तोडेर फालौं जना ।
छाड्नै हुन्न विहाल वृद्ध जनमा झम्टेर आऊन् फँडा ।।

बाँड्दै जान्छ चुनावमा रकम जो उस्को पछार्दै बढ ।
पल्केको छ हसुर्न नै यदि भने उक्लेर घोँडा चढ ।।
लाग्नै हुन्न खराबतर्फ कहिल्यै हिँशा बलात्कारमा ।
त्याग्नै हुन्न विचार भव्य पनको झण्डा रहोस् हातमा ।।

बोकी ज्यावल हातमा घन कुटो निर्माण गर्ने गर ।
तिम्रो साहस पोखियोस् मुलुकमा यो देश होस् निर्भर ।।
सारा कर्कट फालियोस् विकृतिका हे वीर योद्धा उठ ।
हाम्रो साथ छ प्रौढकै भनि बुझे हौ राष्ट्रका ढुक्ढुक ।।

- काठमाण्डौ ।

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - ००:३१:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend