Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

देश कहाँ जाला ? (लघुकथा) - वनमाली निराकार

देश कहाँ जाला ? (लघुकथा) - वनमाली निराकार

सतीश चापागाईं

१०, जेठ २०७९
images
देश कहाँ जाला ? (लघुकथा)   - वनमाली निराकार

 

देशमा देखिएका लथालिङ्ग चालाको चिन्ताले चिन्तित केही व्यक्तिहरू आफ्ना साथीहरूसँग बसेर छलफल गरिरहेका थिए । त्यहाँ देशका हरेक क्षेत्रमा भएका विकृति विसङ्गतिका विषयमा चर्चा भैरहेको थियो ।
त्यत्तिकैमा नागरिक 'क' ले प्रश्न उठायो - "हैन साथीहरू, यस्तै चाला रहिरहे हाम्रो देश कहाँ जाला ?"


नागरिक 'ख' ले जवाफ दियो - "कता जाला र ? खूब गए त्यहीँ दिल्ली सम्म त हो ।"


'ग' ले आश्चर्य प्रकट गर्यो - "दिल्लीसम्म ! कसरी ?"


ख ले प्रष्ट पार्दै भन्यो - "हो दिल्लीसम्म, अन्यत्र जानलाई त 'भिसा' चाहिन्छ नि त !"

- भैरहवा

images
प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - ०७:४७:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend