Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अर्काको मान्छे (लघुकथा) - ममता मृदुल

अर्काको मान्छे (लघुकथा) - ममता मृदुल

सतीश चापागाईं

११, जेठ २०७९
images
अर्काको मान्छे (लघुकथा)  - ममता मृदुल

 

मोबाइलमा घण्टी बजिरहेको छ । हतार हतार उठाएँ । सर्वेन्द्र सरको रहेछ । नमस्कार फर्काएँ ।


" मलाई फेरि कोभिड भएको छ म्याडम सबैभन्दा पहिले हजुरलाई फोन गरेको ।"


म छक्क परेँ । अहो तेस्रो पटक भएको छ । जवाफ के दिऊँ ? शब्द फुरेन ।


मलाई मौन पाएर सरले आफै भन्नुभयो, " अब त हरेश खायो मेरो मनले । कसैसँग बोल्न मन छैन । घरमा कोभिड भएको छ भनेपछि अछुत जस्तो व्यवहार हुन्छ । म त अभागी रहेछु । पहिले पनि हजुरको धेरै सहयोग पाएँ । त्यो गुन कसरी तिर्ने होला ?"


" सर टेन्सन नलिनू ठीक हुन्छ ।" भनेर फोन राखेँ ।


मन स्थिर भएन । जाइदाना, मेथी, गुद, ज्वानो जस्तो धेरै कुरा मिसाएर लड्डू बनाएर साँझमा पल्लो घरको केटोको हातमा पठाइदिएँ ।
लड्डू पाएपछि सर्वेन्द्रसरले 'धन्यवाद !' भन्न फोन गर्नु भएको थियो ।


" तैले कोही भेटिनस लड्डु खाने । हैन तलाई सेवा नै गर्न मन भए आश्रम खोल । अर्काको मान्छेको पछि नलाग ।" बिहान बरेण्डाबाट सर्वेन्द्र सरकी श्रीमतीले गाली वर्षाइरहेकी थिइन् ।


मैले मनमनै सोचेँ म कस्की मान्छे हो ?

- विराटनगर - ३ हाल : काठमाण्डौ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०७:२१:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend