Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शंकाको अड्डा ! (लघुकथा) - गोपाल थपलिया

शंकाको अड्डा ! (लघुकथा) - गोपाल थपलिया

सतीश चापागाईं

११, जेठ २०७९
images
शंकाको अड्डा !  (लघुकथा) - गोपाल थपलिया

            "घरमूलीले आफ्नो घरमा विवेकपूर्ण काम गरेन भने त्यो घर छिन्नभिन्न हुँदोरहेछ झगडा बाहेक केही नहुने रहेछ छिमेकीले हेप्दा रहेछन् परिवारको इज्जत पनि नहुँदो रहेछ हेर्नु ! रमेश बाजेको तेत्रो जमेको घरको हालत !" देवराजले भक्तिलाई भने

         "हो नि ! रमेश बाजेको त्यति मिलेको घरपरिवार कसरी छिन्न भिन्न भयो ? त्यही घरपरिवार मेलमिलाप हुँदा कत्रोशक्ति कत्रो इज्जत ! बयान गरी साध्यै हुँदैनथ्यो अहिले सबैले हेपेर धुनधान त्यो घरको इज्जत, मान प्रतिष्ठाकालागि मरिमेट्ने परिवारका सदस्यहरू सबै हेपिएका  छन् आफ्नो चाकरी गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूकै मात्र कुरासुन्छन रमेश बाजे अनि आफै पनि अहंकारी घमण्डी छन् यस्ता मान्छेको विवेकले काम गर्दैन भन्छन् " भक्तिले भने

      "गलतै काम भए पनि उनले भनेपछि हुनै पर्ने भएन भने परिवारका इमान्दार सदस्यहरूलाई गाउँका माझै चौतारीमागएर मनपरी गाली गर्छन् बच्चाहरूलाई चक्लेट बाँड्छन् कसै कसैलाई उनीहरूले भने जति रकम पनि दिन्छन रमेशबाजेले जति अरूलाई गाली गर्छन् त्यत्ति नै चर्को ताली ती केटाकेटीहरू पनि पड्काउँछन् चर्को ताली आएपछि उनी झन्उफ्री उफ्री अरूलाई गाली गर्छन् त्यति मात्रै हो ? ती केटाकेटीहरू गाउँभरी डुल्दै - 'रमेश बाजे जिन्दाबाद ! जिन्दाबाद!!' भनेर नारा लगाउँदै हिँड्दा रहेछन्  उनी पनि मख्ख

परिवारका इमान्दार सदस्यहरूले यसो नगर्न बारम्बार आग्रह गर्दापनि मानेन् बरू उनीहरूलाई घरबाट निस्कन बाध्य पारे तेत्रो शक्तिशाली घर तहसनहस भयो छरछिमेकीहरूले हेप्नचेप्न सुरू गरेका छन् कुनै इज्जत गर्दैनन् अहिले पहिला उनलाई साथ दिने काइला, ढाइला ठूला कान्छा छोराहरूलेपनि बुढालाई वास्ता गर्न छोडे रे पहिला तेत्रो सान दिएर हिँड्ने रमेश बाजे अहिले एक्लै धुमधुम्ती कोठामा बस्छन् !" देवराजले भने

       "अझै पनि घरको तहसनहस् आफ्नै कारणले भएको हो भनी स्वीकार गर्न गाह्रो मान्छन् गल्ती सुधार्न तयार छैनन् रे अझै पनि अरूलाई दोष लगाउँछन् रे " भक्तिले  भने

"अझै पनि चेत खुलेन बुढाको !? के गर्नु ? अपराधीको मन दम्भ शंकाको अड्डा !" देवराज भने

- हाल अष्ट्रेलिया (उपचार क़क्षबाट)

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०७:२४:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend