नीरवलाई साह्रै भोक लाग्यो / प्यास पनि लाग्यो ।
**
ऊ घरको भान्सामा गयो / त्यहाँ खानेकुराहरू छन् । तर, उसकी स्वास्नी निशा छैनन् ।
**
उसलाई केही खान मन लागेन ।
**
ऊ घरबाट निस्क्यो । सडकमा ओर्ल्यो । हिँडेर एउटा गल्लीभित्र पस्यो । एक घरको ढोकामा उभियो । पछि, भित्रियो ।
**
त्यस घरमा उसकी प्रेमिका उषा बस्छिन् ।
**
नीरवले उषालाई भेटेर भोक र प्यासको चर्चा गर्यो । जवाफमा उषाले रिसाएर भनिन् - यहाँ आफूलाई चाहिंदा कुकुर पनि हुँदैन .......कत्ति मतलबी छ यो दुनियाँ !
••••
गौरीघाट, कामनपा - ७