Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्रान्तिकारी बाहुनहरू - राजव

क्रान्तिकारी बाहुनहरू - राजव

सतीश चापागाईं

१२, जेठ २०७९
images
क्रान्तिकारी बाहुनहरू - राजव

 

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो। एक्कासी ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई हल्ट गरे । बन्दुक तेर्स्याउँदै घेरे । उसको कट्टु भिज्न थाल्यो । उसको मुखको पानी हरायो । एउटा क्रान्तिकारी कमाण्डरले ऊसँग सोध्यो, ‘किन डराएको ? ‘

ऊ झन् डरायो । उसका खुट्टा काम्न थाले । ऊ बोल्न नसक्ने भयो ।

कमाण्डरले फेरि सोध्यो, ‘किन डराएको दाइ ? ‘

अहिले पनि ऊ बोलेन । अघिनभन्दा दोब्बरसँग उसका खुट्टा काम्न थाले । उसको कट्टु थप भिज्यो । कमाण्डरलाई शङ्का लाग्यो । त्यसैले उसले सोध्यो, ‘तपाईं पुलिस हो ?’

‘होइन ।’

‘अत्याचारी हो ?’

‘होइन ।’

‘छद्मभेषी हो ?’

‘होइन ।’

‘गुप्तचर हो ?’

‘होइन ।’

‘त्यसो भए डराएको किन त ?’

तर ऊ बोल्न सकेन । किनभने उसको मुखको रस सुकिसकेको थियो । कमाण्डरले झर्केर भन्यो, ‘त्यसो भए को तपाईं ?’

तर उसले म गाउँको गरिब दमाइ हुँ भन्न सकेन । किनभने ती क्रान्तिकारी बाहुनहरूलाई छोइएला र तिनको हातको बन्दुक पड्केला भन्ने त्रासमा थियो ऊ ।

- काठमाण्डौ

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०६:०४:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend