Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लघुकथा : खोट (लघुकथा) - छविलाल खड्का

लघुकथा : खोट (लघुकथा) - छविलाल खड्का

सतीश चापागाईं

१९, आषाढ २०७९
images
लघुकथा : खोट (लघुकथा)   - छविलाल खड्का

 

"सर्जन पढाइमा मेधावी छ ।" कुमार सरले मुखिया बासँग भने ।
"यस्ता कुरा धेरै उचाल्नु हुन्न है माड'साव ! दलितकाे छाेराे न पर्याे । मेधावी भए नि हाकिम हुने नाइँ ।" मुखिया बाले भृकुटी खुम्च्याए ।
००० ०००
"सर्जन त शाखा अधिकृत पास भयाे ।" सबैतिर सन्सनी फैलियाे ।
"चुप लाग ! आरक्षणबाट भएकाे शाखा अधिकृत पनि केकाे शाखा अधिकृत ! स्यानी ख्वाई, ठूली ह्वाई ।" विस्फारित नेत्रले सबैलाई हेरे ।

००० ०००
गाइँ-गुइँ गाइँ-गुइँ हल्ला चल्याे - "सर्जनलाई त अख्तियारले पक्रियाे रे !"
मुखिया बा चाेकमा बसेर ठुल्ठुलाे स्वरमा कराउँदै थिए - "देख्याै त ! छाेटा बढे के गति हुँदाे रहेछ ? बिचराे सर्जन ! अख्तियारमा जाक्किएछ ।"
००० ०००


- काेहलपुर, बाँके ।

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ००:२०:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend