Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

सतीश चापागाईं

२९, आषाढ २०७९
images
प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

 

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट ख्याति आर्जन गरिसक्नुभएका डायस्पोराविज्ञ विशिष्ट विद्वान् एवं वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले लेखेको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक गहन अनुसन्धान ग्रन्थ हालसालै पैरवी प्रकाशन, काठमाडौंबाट प्रकाशित भएको छ ।

यस पुस्तकमा डायस्पोराको ऐतिहासिक सन्दर्भ र अर्थ, डायस्पोराको प्रारम्भिक अर्थ, वर्तमान अर्थ र नेपाली अर्थ डायस्पोराको परिभाषा र स्वरूप, डायस्पोराको निर्माणप्रक्रिया, डायस्पोराको विकासप्रक्रिया, डायस्पोरा र डायस्पोरा साहित्यबारे व्याप्त अन्योल र निराकरणका उपाय, डायस्पोरा र डायस्पोरा साहित्यका विशेषता, डायस्पोराको वर्गीकरण, नेपाली डायस्पोराको वर्गीकरण, आप्रवासी नेपाली साहित्यको अवस्था, नेपालबाहिर नेपाली साहित्य र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण, उत्तरआधुनिकताको सैद्धान्तिक स्वरूप आदि विविध पक्षको गहन विश्लेषण गरिएको छ । यसमा अहिलेको जल्दोबल्दो विषय ‘नेपाली भाषामा बल्झाइएका समस्या र सुल्झाइएका समाधान’ समेत दिइएको छ ।

विगत दशकदेखि निकै चर्चामा रहेको डायस्पोराको सैद्धान्तिक स्वरूपबारेमा विश्वका अत्यधिक मुलुकमा अनगिन्ती कार्यपत्रसमेत प्रस्तुत गरिसक्नुभएका नेपालीका एकमात्र डायस्पोराविज्ञ विशिष्ट विद्वान् समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा नेपालीमा डायस्पोराको सैद्धान्तिक स्वरूपमा नै केन्द्रित भई लेखिएको यो नेपालीकै प्रथम विशिष्ट कृती भएकाले यसको छुट्टै ऐतिहासिक महत्वपूर्ण छ । डायस्पोराबारे नेपालीमा यति विस्तृत र गहन वृmति अहिलेसम्म लेखिएका छैनन् ।

वर्तमान विश्वको एउटा जटिल विषयका रूपमा रहेको डायस्पोराको सैद्धान्तिक स्वरूपमा नै केन्द्रित भई नेपालीमा सर्वप्रथम तयार पारिएको यो पुस्तक सम्बद्ध विषयका प्राध्यापक, शिक्षक, उच्च तहका विद्यार्थीलगायत यसबारे जानकारी लिन चाहने सम्पूर्ण जिज्ञासु पाठकहरू जोसुकैका लागि उपयोगी हुने कुरामा कुनै सन्देह छैन ।

नेपालीमा डायस्पोराको कोसेढुङ्गाका रूपमा रहेको यस वृmतिले डायस्पोराका क्षेत्रमा नौलो आयाम थपेको छ र यो ग्रन्थ सम्पूर्ण पाठक एवं अनुसन्धाताहरूका लागि निकै उपयोगी रहेको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०२:१०:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend