Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जेएसएस नर्वेको सातौँ रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

जेएसएस नर्वेको सातौँ रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

सतीश चापागाईं

११, श्रावण २०७९
images
जेएसएस नर्वेको सातौँ रनिंग कप भलिबल प्रतियोगिता सम्पन्न

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा सातौँ जेएसएस रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ओस्लोको सोन्सभान खेल मैदानमा भएको प्रतियोगितामा पुरुष तर्फको खेलमा एनबि स्पोर्टस, नर्वेले उपाधी जितेको छ । फाइनल खेलमा एनआरएनए नर्वेलाई हराउदै बिजेता टिम एन बि स्पोर्टसले ८००० क्रोनर नगद सहित जेएसएस रनिङ्ग शिल्ड, मेडल र सर्टिफिकेट प्राप्त गरेको छ। त्यसैगरी उपबिजेता एनआरएनए नर्वेले ४००० क्रोनर सहित मेडल र सर्टिफिकेट हात पारेको छ ।

जुलाई २४ आईतवार का दिन भएको प्रतियोगितामा नर्वे स्थित विभिन्न नेपाली राजनीतिक तथा गैरराजनीतिक संघसंस्थाहरुको तर्फबाट पुरुष तर्फ ९ समुह तथा महिला तर्फ २ समुहको सहभागिता रहेको थियो । प्रतियोगीतमा सहभागी टीम मध्ये पुरुषतर्फ यूनिक नेपाल, जेएसएस ए, जेएसएस बि, ओएनएफ, एन बि स्पोर्टस, रागोस र नेस्को, एभरेष्ट इद्रिस्लाग, योङ्ग ड्याड्स र एनआरएनए सहित ९ टीम बीच प्रतिस्पर्धा भएको थियो ।

23055432-1A1E-4F1B-A2DD-8108D2454FA2.jpeg

साथै महिला तर्फ जेएसएस नर्वे र माउन्ट एभरेष्ट टिमले सहभागिता जनाएका थिए। महिला तर्फ बिजेता जेएसएस नर्वे लाइ ४००० क्रोनर नगद सहित शिल्ड, मेडल र सर्टिफिकेट तथा उपबिजेता माउन्ट एभरेष्ट टिमलाई २००० क्रोनर नगद सहित शिल्ड मेडल र सर्टिफिकेटले पुरस्कृत गरिएको थियो। पुरुष तर्फको खेलमा यूनिक नेपाल टिमबाट मनिष राना मगर उत्कृष्ट खेलाड़ी घोषित भै नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने महिलातर्फ जेएसएस नर्वे कि सुचित्रा अर्याल उत्कृष्ट खेलाडी घोषित भै नगद ट्रफी हात पारेकी छन् ।

नर्वेमा शिक्षा, रोजगारी एवम् विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरु बिच खेलकुदको माध्यमबाट व्यक्तिगत तथा सामुहिक सम्बन्धलाई थप मजबुत बनाउने प्रमुख उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट वार्षिक रुपमा आयोजना गरिदैं आएको नर्वेका बरिष्ठ उपसभापती कबिन्द्र ढकालले जानकारी दिनुभयो।

0DB4D8CC-6E23-4086-9083-BFC7D6F04907.jpeg
प्रतियोगिताको अन्त्यमा आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रतियोगितामा प्रमुख अतिथि एनआरएनए नर्वेका अध्यक्ष जिबन बहादुर शाही, विशेष अतिथि एनआरएनए यूरोपका युवा संयोजक किरण गुरुंङ, आईसीसी सदस्य राजु अर्याल, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष प्रेम परियार लगायत नर्वेमा क्रियाशील नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

जेएसएस नर्वेका सभापति जितेन्द्र बिक्रम शाहीको सभापतित्व तथा कबिन्द्र ढकालको संचालनमा सम्पन्न कार्यक्रममा करिब ३०० जना नेपालीको सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा आयोजक कमिटीका तर्फबाट अध्यक्ष जितेन्द्र बिक्रम शाहीले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

480F8AD8-92B1-4F75-A35C-558C074B0DA9.jpeg

 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०२:११:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend