Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको नर्थ क्योलाईनामा दुइ स्रष्टाका कृति लोकार्पण सहित २०९औं जयन्ती सम्पन्न

अमेरिकाको नर्थ क्योलाईनामा दुइ स्रष्टाका कृति लोकार्पण सहित २०९औं जयन्ती सम्पन्न

सतीश चापागाईं

११, श्रावण २०७९
images
अमेरिकाको नर्थ क्योलाईनामा दुइ स्रष्टाका कृति लोकार्पण सहित २०९औं जयन्ती सम्पन्न

नर्थ क्यारोलाईना/ अमेरिका


अन्तरराष्ट्रीय नेपाली साहित्य समाज नर्थ क्यारोलाईना र नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा नर्थ क्यारोलाइनाको केरी शहरको नर्थ क्यारी पार्क सेल्टरमा जुलाई २४, आइतबार भानु जयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा नर्थ क्यारोलाइना निवासी दुइ साहित्यकारका कृति विमोचन, कृति परिचर्चा रचना वाचन र नेपाली पाठशालाका विद्यार्थीहरूवीच चित्रकला र बक्त्रित्वकला प्रतियोगिता आयोजना गरिएको थियो।

7BF1407A-9217-4F4E-8E48-F0CD49EE846A.jpeg

कार्यक्रममा डा ऋषि बस्ताकोटीको मुक्तक संग्रह “बिसंगत बस्ती” र लोककवि सुरेशकुमार भट्टका सोली डोली -लोकवेद, साइनु - लोक काव्य, कॉचुली- उक्तक संग्रह, मलाई मन पर्छ- बाल कविता संग्रह र त्रितीय समर कोरोना कहर- हाइकु/ कविता संग्रहको एकै साथ् लोकार्पण गरियो ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका सल्लाहकारहरु ई इश्वर देवकोटा, डा नारायण राजभण्डारी, नगेन्द्र नेउपाने, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाई, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका अध्यक्ष आर पी पौडेल मुक्तककार बस्ताकोटी र लोककवि सुरेश भट्टले सामुहिक रुपमा पुस्तकको बिमोचन गर्नुभयो।

कार्यक्रममा ई इश्वर देवकोटाले मुक्तककार बस्ताकोटी र लोककवि भट्टको परिचय प्रस्तुत गर्दै दुवै श्रष्टाको साहित्यिक तथा सामाजिक योगदानको चर्चा गर्नुभएको थियो।

517200D1-1C29-4E03-81ED-5830CB7DE779.jpeg


साहित्यकार नम्रता गुरागाईंले विमोचित पुस्तक विसंगत बस्तीको समिक्षा गर्नुभएको थियो। डा अच्युत शर्मा र कल्पना घिमिरेले मुक्तककारलाई शुभकामना व्यक्त गर्दै संग्रहभित्रबाट छानिएका मुक्तकहरु बाचन गर्नुभएको थियो।

यस्तै प्रभा पोखरेलले लोककवि भट्टका विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा दुवै स्रष्टाले आ-आफ्नो लेखकीय मन्तव्य समेत राख्नुभएको थियो।

6D7A33F1-A84D-4361-A45F-62BFB2392F27.jpeg

कार्यक्रमको दोस्रो चरणमा नेपाली पाठशालाका विद्यार्थीहरुको विभिन्न उमेर समुहमा बिभाजन गरी नेपाल सम्बन्धि चित्रकला प्रतियोगिता र म किन विशेष छु भन्ने बिषयमा वक्तृत्वकला योजना गरिएको थियो। डा नारायण राजभण्डारी, अर्जुन मैनाली र प्रभा पोखरेलको निर्णायक समितिले छनौट गरेका बाल प्रतिभाहरूलाई पुरस्कृत गरिएक़ो थियो।

कार्यक्रममा स्थानीय स्रष्टाहरु भगवती न्यौपाने, निर्मला राजभण्डारी, प्रभा पोखरेल, ददीन पाण्डे, दिव्या पाण्डे, दिजा पाण्डे, मनिका चौलगाई, भूमि नेपाली, जानुका पौडेल लगायतले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो भने सौरभि ढ़कालले भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो। कार्यक्रम नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष नम्रता गुरागाईको अध्यक्षतामा भएको थियो भने संचालन चाहि सुजाता ढुंगेल र विक्रम गौतमले गर्नुभएको थियो।

962F2168-D9AB-4EDF-8278-BBA040A17830.jpeg

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०६:२७:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend