फैसला सुनाइन्छ निश्चय हजुरकै पक्षमा
त्यसैले गर्दैछन् जयजय हजुरकै पक्षमा
दोष केवल मेरो नै देखायो यो समाजले
अन्तत: सुनायो निर्णय हजुरकै पक्षमा
जूनले साथ दिएन ताराले पनि दिएन
हुँदैछ पुन: सुर्यको उदय हजुरकै पक्षमा
न वर्तमान छ हजुर मेरो न भविष्य नै छ
रहेछ यो पापी समय हजुरकै पक्षमा
अचानक माहोल नै परिवर्तन गराउनु भो
भन्नुहोस् किन महासय हजुरकै पक्षमा?
रोहित राना
बुटवल ११,रुपन्देही
हाल परदेश