Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित

सतीश चापागाईं

१७, श्रावण २०७९
images
अनेसासको केन्द्रीय सदस्यमा शकुन ज्ञवाली मनोनित
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले केन्द्रीय सदस्यमा अमेरिकाको न्युयोर्क निवासी शकुन ज्ञवालीलाई मनोनित गरेको छ । अनेसासको विधान बमोजिम मनोनित गर्नुपर्ने महिला सदस्यमा ज्ञवालीलाई मनोनित गरेको हो ।

मनोनित सदस्य ज्ञवालीसँग अनेसास न्युयोर्क च्याप्टरको अध्यक्ष भएर काम गरेको लामो अनुभव छ । विशेषतः कविता र मुक्तकमा उहाँको कलम चल्ने गरेको छ ।

बैठकमा उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र सदस्यहरू तारा अधिकारी, सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो । बैठकमा अनेसास बोर्ड अफ ट्रष्टी सभापति गीता खत्रीको पनि सहभागिता रहेको थियो । बैठकले आगामी केही साताका लागि प्रत्येक आइतवार अमेरिकी समयअनुसार बिहानको ८.१५मा बैठक बस्ने निर्णय पनि गरेको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

मनोनित ज्ञवालीले खुशी व्यक्त गर्दै अध्यक्ष लगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको छ ।

F55E5C13-5A8B-4608-A206-B988A3F5A00C.jpeg

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १८:२९:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend