Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

सतीश चापागाईं

१७, श्रावण २०७९
images
एनआरएनए यूकेले बेलायतभरका नेपाली संघसंस्थालाई सम्मान गर्ने

 

 
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले बेलायतस्थित नेपाली संघसंस्थालाई सम्मान गर्ने भएको छ ।
यही ६ अगष्टमा अल्डरसटमा हुन लागेको वार्षिक साधारण सभामा कोभिड महामारीलगायत अन्य आपतविपतका बेला नेपाल र बेलायतमा योगदान दिएका नेपाली संघसंस्थालाई सम्मान गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबाट सम्मान प्रदान गरिनेछ ।
अध्यक्ष गाहामगरले एम्पायर हलमा हुने साधारणसभामा उपस्थित भएर सम्मान ग्रहण गरिदिन पनि सबै संघसंस्थामा अनुरोध गरेका छन् ।
गाहामगरले दशौं कार्यसमितिको नयां जिम्मेवारी लिएको ठिक एक वर्ष भएकै दिन वार्षिक साधारणसभा गर्ने तयारी छ ।
 
गाहामगरले गैर आवासीय नेपाली संघ बेलायतका पन्जिकृत सदस्यहरुसहित बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई पनि सहभागिताको लागि अपिल गरे ।
उक्त साधारणसभामा ‘भूतपूर्व गोर्खाहरुको हकमा वंशजको नागरिकता’ विषयक बेग्लै सेसनसहित विधान संशोधन, आयव्यय प्रतिवेदन आदि प्रस्तुत 
गर्ने तयारी रहेको अध्यक्षले जनाए ।

साधारणसभा अल्डरसटस्थित एम्पायर हलमा बिहान १० बजेदेखि शुरु हुंदैछ। एनआरएनए युकेका प्रबक्ता भरतमणी चेम्जोगं लिम्बुले जानकारी दिएका छन । 

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - १९:५३:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend