एनआरएनए अमेरिकाले नेपालको सल्यानमा प्रसुती गृह तथा स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण समेत गरेको छ ।
गैरआवाशीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको 'वान एनसिसि वान च्यारिटि' अन्तर्गत सल्यान जिल्लाको बिकट ठांऊ कुमाख गाऊपालीका वडा नं. १ टाट्के चौरमा उक्त भवन निर्माण गरिएको थियो ।
नव निर्मित भवनको एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्थले एक भव्य समारोहका बीच उक्त भवन हस्तान्तरण गरेका हुन ।
चौरजहारी अस्पतालले प्रसूति गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक तालीम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको पन्थले जानकारी दिए । प्रसूति गृह निर्माणपछि विकट गाउँका स्थानीय बासिन्दाले सुलभ स्वास्थ्य सेवा पाउने पन्थले बताएता छन ।
बरिषठ उपाध्यक्ष पन्थद्वारा जारी विज्ञप्ती यसप्रकार छ:
गैर आवाशिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको “ वान एनसिसि वान च्यारिटि” अन्तर्गत सल्यान जिल्लाको बिकट ठांऊ कुमाख गाऊपालीका वडा नं. १ टाट्के चौरमा निर्मित प्रसुती गृह तथा स्वास्थ्य सेवा केन्द्र भवनको निर्माण कार्य सम्पन्न गरी आज एक कार्यक्रमका बिच कुमाख गाऊपालीकालाई हस्तान्तरण गरिएको सहर्ष जानकारी गराउछु ।
यस परियोजनाको ब्यबस्थापनको जीम्मा गाऊपालीकाको रहेको छ भने चौरजहारी अस्पतालले (HDCS) प्रशुती गृहको नियमित अनुगमन गर्ने, स्वास्थ्यकर्मीलाई आबश्यक तालीम दिने, सेन्टरबाट सिफारिस गरिएका बिरामीलाई प्राथमिकताका साथ उपचार गर्ने जिम्मेवारी लिएको छ।
चौरीजहारी अस्पतालले यस प्रसुती गृहमा आज एक बृहत नि:शुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो ।उक्त स्वास्थ्य शिविरमा गर्भवती महिलाहरुको अनुहारमा देखिएको खुशीले मलाई यस किसिमको मानवीय कार्यमा अझ सकृयताका साथ लाग्ने प्रेरणा मिलेको छ । यस परियोजनाले सल्यान जील्लाको बिकट गाऊ टाड्केका बासिन्दाहरुमा शुलभ स्वास्थ्य सेवा मार्फत मातृशिशु मृत्युदरमा कमी हुने हामीले बिश्वास लिएको छौ।
उक्त परियेजना सम्पन्न गर्नको लागी सहयोग गर्ने एनआरएनए अमेरिका, कुमाख गाऊपालीका, मानव बिकाश तथा सामुदायिक सेवा, चौरजहारी अस्पताल, भवनको लागी ५ रोपनी जग्गा दान गर्नुहुने सिता राना र दले राना लगायत सरोकारवाला सम्पुर्णमा हार्दिक आभार ब्यक्त गर्दछु ।
कृण्ण जीबी पन्थ
बरिष्ठ उपाध्यक्ष
एबं संयोजक वान एनसिसि वान च्यारिटि
एनआरएनए ,अमेरिका