आईतबार बाल्टिमोरमा अच्युत घिमिरे बुलबुलसंग सिर्जना वाचन कार्यक्रम राखिएको आयोजकले जनाएका छन ।
बाल्टिमोरमा क्रियाशील यूवा साहित्यकारहरुले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा सिर्जना वाचन गरिने र सोही कार्यक्रम रेडियोबाट प्रशारण पनि हुनेछ ।
कार्यक्रममा सहभागी हुन चाहनेले फ्लायरमा उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
अच्युत घिमिरे (बुलबुल) प्रख्यात नेपाली सञ्चारकर्मी, रेडियोकर्मी, व्यवस्थापक र तालिमकर्ता हुन्।
घिमिरे उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण हुने सुप्रसिद्ध कार्यक्रम एकल कविता बाचन, श्रुति संवेग र बुलबुल रेडियो कार्यक्रमका वाचकका रुपमा चर्चित रहेका छन्।
उनले वि.स. २०५६ सालमा एचबीसी एफएमबाट आफ्नो रेडियो कार्यकाल शुरु गरेका थिए ।
घिमिरे रेडियो कार्यक्रम सञ्चालक साथसाथै बुलबुल प्रकाशन प्रा.लिका निर्देशक र उज्यालो ९० नेटवर्कका संयोजक पनि हुन् ।