Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

खय्यामको रूबाई मेरो बुझाई -तीर्थराज अधिकारी

खय्यामको रूबाई मेरो बुझाई -तीर्थराज अधिकारी

सतीश चापागाईं

१०, भाद्र २०७९
images
खय्यामको रूबाई मेरो बुझाई -तीर्थराज अधिकारी

 

उमर खय्याम(Omar Khayy’am 1048-1131) १८मे सन्१०४८मा फारसमा जन्मिएका हुन्। यी दार्शनिक,गणितज्ञ ज्योतिर्विद पनि हुन्। उनले एउटा नयाँ क्यालेण्डरको आविस्कार गरे ।जसलाईजलाली क्यालेण्डरभनिन्छ। यिनलाईरुबाईको प्रतिष्ठा मिल्यो। खय्यामले रुबाईमा लेखे,तुलसी दासले चौपाईमा लेखे।

खय्यामको फिलोसफी सुखीको होइन दुखीको फिलोसफी हो।जीवनको अर्थहीनतामा व्यक्तिगत अर्थको खोजखैयामको रुबाइयतको केन्द्रिय विषय हो। खय्यामको फिलोसफिमा जीवन अर्थहीन छ। उनको गहिरो भावले हृदय द्रवित परिप्लावित हुन्छ।रुबाइयत सुखका नही दुखका गीत है,सन्तोषका नही असन्तोषका गान है” -बच्चन।

उमर खैयामको धारणा खाओ पिओ और मोज करो भन्ने थियो। यिनी सुखवादी,प्याली प्यारीका दीवाना थिए,मस्तीकागाना गाउँथे। अंग्रेजीमा यस्तो स्वभाव भएका मानिसलाई हिडोनिष्ट(Hedonist) भन्ने गर्दछन्। रुबाई अरबी शब्द रुबाबाटपैदा भएको हो। रुबाको अरबीमा चार भन्ने अर्थ लाग्छ। रुबाई अरबमा जन्मियो, तर इरानमा हुर्कियो। १२औं शताब्दीमाखय्यामले प्रशिद्धि कमाए। उनलाई अङ्ग्रेजी कवि एडवर्ड फिट्ज
गेराल्डले (१८०९-१८८३) प्रचारमा ल्याएका हुन्। उनले १८५९मा अनुवाद गरे,जसलाई Rubaiyat of Umar खय्यमभनिन्छ।

उमर खय्यामको रूवाईमा काव्यात्मक तथा आध्यात्मिक अन्तर्दृष्टिः-
एघारौं शताब्दीको प्रशिद्ध काव्य धारा रुवाई उमर खय्यामको साहित्यिक चिन्तनको उपज हो। त्यस बखत खय्याम आफैंलोकप्रिय थिए। यिनको चौतर्फी ख्याती फैलिएको थियो। यिनको जन्म उत्तरी फारसको ठुलो शहर निशापुरमा भएको हो।हाल यो क्षेत्रलाई इरान भनिन्छ। यिनको पुरा नामएबूयल फत उमर इब्राहिम अल खय्यामहो। उनले बीजगणित सन्तुलनको समस्य बारेमा एउटा ग्रन्थनै प्रकाशन गरेका हुन्। उनले घन समीकरणको सिद्धान्त पनि प्रकाशन गरे।

१९औ शताब्दीमा आएर ब्रिटिश कवि फित्जगेराल्डले(Edward FitzGerald) गरेको काव्यिक अनुवादले खय्यामलाईविश्वभर परिचित गराएको हो। यसको अन्तर्तत्व नबुझेकाहरुको खय्यामलाई हेर्ने दृष्टिकोण बेग्लै रह्यो। उमर खय्यामकोजीवन आचरणको बारेमा जनमानसमा जुन भ्रम खाओ,पिओ, मोजकरोयसको भित्रगहिरो भाव छिपेको छ। यसमासरसर्ती हेर्दा जे बुझिन्छ त्यस भित्र मानव अस्तित्वको आनन्दायी तथा उदात्त
भावना छिपेको हुन्छ। यस वारेमा परंहंस योगानन्दजीले प्रष्ट व्याख्या गरेका छन्। उनको विचारमा पारसी कवितामा दोहोरोअर्थ लाग्छ,आन्तरिक बाह्य। भित्र एउटा आन्तरिक दुर्ग तयार छ। उनका रुवाइयत भौतिक धारणा होइन आध्यत्मिकधारणामा आधारित हुन्।

उनलाईखाउ,पिउ मोज गरभन्ने जीवन दर्शनको प्रणेता मानिन्छ। यो सरासर भ्रमित सोचाई हो। खासमा भन्दा योनाश्वर जीवनप्रति उत्पन्न विरक्तिको भाव पनि खय्यामको रुबाईमा पाउन सकिन्छ। उनको एउटा रुबाईको अङ्ग्रेजीअनुवाद यहाँ प्रस्तुत छ।

Ah! My Beloved, fill the cup that clears
To-day of past Regrets and future Fears
To-morrow ?why To-morrow I may be
Myself with yesterday’s sev’n Thousand years.

प्रिय मेरो ग्लासमा टन्न मदिरा भरिदेउ
सबै अपशकुनबाट छुटकारा गरिदेउ
भविष्य के हुन्छ कस्लाई के थाहा?
भोलिको लागि आजनै सुनपानी छरिदेउ

खय्यामको रुबाईमा लुकेको सत्यताः-परंहंस योगानन्द जी उमर खय्यामको ११रौं शताब्दीको लोकप्रिय काव्य ९०० वर्षभन्दा पछि ब्रिटिश कवि एडवर्ड फित्जगेराल्डले अङ्ग्रेजीमा अनुवाद गरेर प्रख्यात बनाए। खय्यामको रुबाइयाँको अधिकांशरुपान्तरण एडवर्ड फित्गेराल्डमैथिली शरण गुप्त, सुमित्रा नन्दन पन्त डा हरिवंश राय बच्चनले गरे। खय्यामको रुबाइतीमादक मदिरा आआफ्नो घडामा खन्याए। उनको रुबाईयाँ प्रख्यात भयो तर विवादित पनि रह्यो।

वास्तवमा खय्यामभौतिक वादी थिए वा अध्यात्म वादी भन्ने विवाद आज पर्यान्त छँदैछ। ‘‘खाओ,पिओ और मोजकरोभन्ने सिद्धान्तकापरिपोषक हुन खय्याम भन्ने धारणा एकातिर भने परंहंस योगानन्दजी भने यस मान्यतालाई स्वीकार गर्दैनन्। यसकोमूख्य सार बेग्लै छ। उनको भनाई अनुसार खय्यामको रुबाईमा बाहिरी अलंकृत भाषाको भित्र मानव आनन्द उदात्तउद्देश्यको गहन विचार छिपेको छ।

आफैलाई पनि याद आउँछ,सानो छँदा साथीभाइको समुहमा पार्सी बोल्ने गर्थ्यौ। पार्सीको मतलव सहजै नबुझिने ,भित्रअर्को अर्थ हुने हो। यो पार्सी भनेको फारसी रहेछ। यसको मतलव फारसी साहित्यमा दोहोरो अर्थहुँदो रहेछ। यस कारणउमरको रुबाईको आध्यात्मिक व्याख्या गर्न नितान्त आवश्यक देख्दछु।

जीवनरुपी प्राणको आधारबाट परिपोषित आफ्नो आत्मरुपी घडाबाट दिव्य नशामदिरापान गर्ने कुरालाई गलत बुझाईरहेछ। एक प्रबुद्ध व्यक्ति सांसारिक भ्रमित प्रकृति बुझेको हुन्छ,त्यसकारण पनि संसारसित भुलेको हुँदैन। संसारिकआकाङ्क्षाबाट प्रभावित नहुने प्राणी प्रबुद्ध स्थायी सत्य खोजी रहन्छ अनन्त विशालतामा प्रवेश गर्दछ। खय्याम यहीविशालता भित्रका कवि थिए।

The worldy Hope men set their Hearts upon
Turns Ashes-or it pospers: and auon
Like show upon the Desert’s dusty face
Lighting a little Hour or to -is gone.

आखिर सोचाई हो,उमर खय्यामले स्त्रीको जस्तो सोचाई गरे। यसै भएर उनको भनाईमा लालित्य ,वाणीमा लालित्य,मदिरा अनि प्रेम छ। यो जगतमा प्रेमको भाषा बुझ्ने बहुतै सानो शंख्या छ। उनमा राग थियो, मानेसौन्दर्यप्रेम,लगाव,मदिरा अर्थात परमात्माको रस। रसवी बन,रसिक बन रसमै डुव। यही रसलाई खय्यामले मदिरा वाशराव भने। भक्तलाई एक पियक्कडको उपमा बनाए।

रुबाई अरवी शब्द हो। यसको अर्थ चार हुन्छ। बनावट यस्तो हुन्छः-
-यसमा चार पद हुन्छन्।
-चारै पदको मात्रा लय समान हुन्छ।
-पहिलो,दोश्रो चौथो पद तुकान्त तेश्रोपद अतुकान्त हुन्छ।
-मुक्तकको केन्द्र बिन्दु अन्तिम दुई पङ्तिमा आश्रित हुन्छ।
-यसको असर तीखो धारिलो हुन्छ।

नेपालको मुक्तक जगत अहिले सुरक्षित हातमा पुगेको छ।गंभीर संप्रेषण युक्त मुक्तकहरु आउन थलेका छन्। पुरानोवर्जना (प्रतिबन्ध) तोडेर नयाँ आयम थपिएका छन्।यो पुस्ताले मुक्तकको सृजनामा बुद्धिको भन्दा हृदयलाई बढी महत्वदिएका छन्।

नेपाली मुक्तक संहिताबध्द नहुँदा संम सबै प्रकारका छोटा छोटा कविता पनि मुक्तक भनिए तर हाल नेपालमुक्तक प्रतिष्ठान स्थपना भएर सबै मुक्तकको बनाबटमा पनि रुबायती शैली अपनाउने गरी संहितीकरण भैसकेको छ। 

प्रचलित नेपाली मुक्तक विधाको बृहत्तर विकास गुणात्मक विस्तार गर्ने ध्ययले वि सं २०७० तदनुरुप (सन्२०१३) मानेपाल मुक्तक प्रतिष्ठानको स्थापना भयो। यसको प्रधान कार्यलय काठमाण्डु,नेपालमा भने संयुक्त राज्यअमेरिका,संयुक्त अधिराज्य बेलायतदक्षिण कोरियामलेसियाइजरायल आदि मुलुकमा शाखा प्रशाखा खुलेका छन्। प्रतिष्ठानले साहित्यको साथसाथै सामाजिक क्षेत्रमा पनि निकै अभिरुची देखाएको छ।

मुक्तकका विशिष्ट गुणहरुः- ()-काव्यको एक लघु परिक्षेत्र। ()-साहित्यमा काव्यको एक विशिष्ट विधा हो,यस्कोविशिष्टता यस्कै पूर्णतामा हुन्छ।() “मच धातुमाकन प्रत्यय लागेर मुक्तक शब्दको ब्युत्पत्ति भएको हो। (मुक्तकलाई चोईटाटुक्राझुल्काउद्वेगठून्काचुड्काछिर्काझड्काकेस्रा, मट्याङ्ग्रा आदि नामले पुकारिन्छ।()-जुन वाक्यांश पढ्दापाठकको अन्तस्करणमा रस-सलिला प्रभाहित हुन्छ त्यही मुक्तक हो।()-जव एक पद अर्को पद संग मुक्त रहन्छ अनिमुक्तक हुन्छ

श्री भोजराज न्यौपाने नेपाली फित्जगेराल्ड(Edward FitzGerald) हुन्:-


मुक्तककार तीर्थराज अधिकारी द्वारा लिखित मुक्तक संग्रहझटारोको वि २०७२मा तीर्थराज अधिकारीकै मुक्तकसंग्रहजूनका टुक्राहरुवि २०७७मा अंग्रेजीमा अनुवाद गरेर अधिकारीलाई विश्व साहित्यिक जगतमा फित्जगेराल्डलेउमर खय्यामलाई जस्तै परिचित गराउनु भएकोले उहाँलाई नेपाली फित्जगेराल्ड भनेर सम्बोधन गर्न थालिएको छ।

भोजराज न्यौपानेको छोटो चिनारीः-


एम् (अङ्ग्रेजी-त्रिभुवन विश्वविद्यालय) एम् ( शिक्षा-सदर्न इलिनोइ युनिभर्सिटी,कार्बोण्डेल,अमेरिका)
जन्म-२००७ भाद्र
जन्म स्थान-हंसपुर,दाङ्सिमराङ,रुपा गाउँपालिका,कास्की,नेपाल।
हाल-काठमाडौं महानगरपालिका १६,जनजागृति मार्ग,काठमाडौं,नेपाल।
फोन-०१-५१३९३४१,मोबाइल ९८४१२१८७३३
इमेल[email protected]
भ्रमण-भारत,भुटान,क्यानडा,अमेरिका,मलेसिया,कोरिया फिलिपिन्स।

अनुभवः-


-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर, पठ्यक्रम महाशाखामा
निर्देशक,अनुसन्धान तथा सूचना महाशाखामा निर्देशक(नेपाल सरकारको सहसचिव सरह)

-प्राविधिक प्रशिक्षण प्रतिष्ठानसानोठिमी भक्तपुरमा तालिम विभागमा निर्देशक,अनुसन्धान विभागमा निर्देशक।


-प्राचार्य,लाहान प्राविधिक शिक्षालय ,सिराहा।
-प्राचार्य तथा अङ्ग्रेजी नेपाली शिक्षक ,गण्डकी आवासीय माध्यमिक विद्यालय (जि बी एस,पोखरा,१४ वर्ष)
-जिल्ला शिक्षा अधिकारी, पर्वत।
-कृति- मुक्तक संग्रहझटारोको वि २०७२मा जूनका टुक्राहरुवि २०७७मा अंग्रेजीमा अनुवाद।
-प्राविधिक प्रशिक्षण प्रतिष्ठान,सानोठिमी भक्तपुरमा सीप-पत्र अवधारणा पत्र विकास अनुवादमा योगदान।

एडवर्ड फित्गेराल्डको कार्यः
लेखक-उमर खय्याम
अनुवादक-एडवर्ड फित्जगेराल्ड
शैली-कविता
प्रकाशक-बर्नार्ड क्विर्च
प्रकाशन मिति-१८५९सन्। उनले खय्यामलाई पोएट अफ पर्शिया नामाकरण गरे। सन्१८७२मा तेस्रो संस्करण
निकाले चौथो संस्करण निकाल्दासंम अंग्रजी भाषी जगतमा असाध्य लोकप्रिय भैसकेको थियो। आज विश्व
भरमा मुक्तकको रुवाइयत शैली अपनाइएको छ।


पोखरा १०,

हाल ओहायो,संयुक्त राज्य अमेरिका।

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ०१:१५:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend