अमेरिकाको बाल्टिमोरमा गायक यम बरालको सम्मानमा यम बराल सांझ हुने भएको छ ।
बटर चिकेन रेष्टुरेण्टले आयोजना गरेको यस कार्यक्रमलाई कलाकारहरुको संस्था ईनास मेरिल्याण्डले सपोर्ट गरेको छ ।
दशैं तिहारको शुभकामना आदान प्रदान गर्ने उद्देश्य सहित आयोजित कार्यक्रममा ईनास मेरिल्याण्डका कलाकारहरुको पनि प्रस्तुती रहने आयोजक तथा गायक दिनेश भण्डारीले जानकारी दिए ।
कार्यक्रममा प्रेमराजा महत, आभा मुकारुगं, सारंगा श्रेष्ठ, कन्हैया सिंह, श्याम गुरुगं, अरुणिमा लम्साल, अन्जना गुरुगं, दिनेश भण्डारी, राहुल केसी र मोहन गुरुगंको पनि प्रस्तुती रहने आयोजकले बताएका छन ।