Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाले घर खरीद गर्यो, कर्मचारी सहित कार्यालय संचालन गरिने

एनआरएनए अमेरिकाले घर खरीद गर्यो, कर्मचारी सहित कार्यालय संचालन गरिने

सतीश चापागाईं

१९, आश्विन २०७९
images
एनआरएनए अमेरिकाले घर खरीद गर्यो, कर्मचारी सहित कार्यालय संचालन गरिने

एनआरएनए अमेरिकाले अमेरिकाको भर्जिनियामा आफ्नै घर खरीद गरेको छ । अक्टोबर ४ तारिख बिहान अध्यक्ष वुद्धि सुवेदी नेतृत्वको कार्य समितिका केही पदाधिकारीहरु उपस्थित भएर घर खरीद कार्य टुंगोमा पुर्याएका थिए । 

भर्जिनियाको फेयर फ्याक्स काउण्टिमा अवस्थित यो घर कन्डोमनिय हो । जसमा एउटा हल सहित ५ वटा कोठा रहेका छन । कोठाहरुलाई व्यवसायिक प्रयोजनमा लगाउने एनआरएनएको योजना रहेको अध्यक्ष सुवेदीले बताए । 

संस्थालाई व्यबस्थित गर्न आफ्नै ठेगाना चाहिने भएकोले घर खरीद गरिएको कोषाध्यक्ष राजिव श्रेष्ठले बताए ।

एउटा डाईनामिक कर्मचारी राखेर अमेरिकामा रहेका नेपालीका आशा र गुनासा सुन्ने व्यबस्था गर्नेछौं अध्यक्ष सुवेदीले नेप्लिज डायस्पोरासंग भने । उनले भने "यो घर पुरै पैसा तिरेर खरीद गरिएकोले संस्थालाई अतिरिक्त आर्थिक भार थपिने छैन बरु एनआरएनए अमेरिकालाई थप आर्थिक उपार्जनको अवसर हुनेछ ।"

आफ्नै घर खरीद गर्ने एनआरएनए अमेरिका पहिलो एनसीसी हो । एनआरएनएका अहिले ८२ वटा देशमा एनसीसी सक्रिय छन । 

9B393B56-0DF8-4540-B68C-ABDBCB7E2D00.jpeg

घर खरीद गरे लगत्तै सचिव अनुप खनालले सार्बजनिक गरेको विज्ञप्ति यस्तो छ:

हार्दिक बधाई सहित कृतज्ञता !
अमेरिकाका सबै नेपालीहरुको अभिभावकत्व ग्रहण गर्ने संस्था व्यक्ति व्यक्तिको घरबाट हैन एउटा स्वायत्त कार्यालयबाट हुनुपर्छ र संस्थाको लागि एउटा स्थायी ठेगाना महशुस गर्दै आफ्नो अप्ठेरो, चासो, गुनासो र योजना बताउने एउटा छुट्टै फोन र फोन उठाउने मान्छे अनि बोलेका ती कुरा टिपेर सुन्ने संयन्त्रका लागि यो भवन आवश्यक थियो र छ।

हाम्रा कामहरु कार्यालय केन्द्रित भएर संचालनमा आएभने आजसम्म देखिएका शंका उपशंकाहरु पनि कम हुनेछन भन्ने विश्वासका साथ र
भवनको माध्य बाट भावना जोड्नु पर्छ भन्ने उदेश्यका साथ आज गैर आवासीय नेपाली संघ अमेरिकाले आफ्नै कार्यालय भवन खरिद गर्न सफल भएको छ।८२ देशका एनसीसी मध्ये आफ्नै भवन खरीद गर्ने पहिलो एनसीसी बन्न गैर आवासीय नेपाली संघ अमेरिका सफल पनि भएको छ ।

यस ऐतिहासिक कार्य सफल पार्न रातदिन खट्नुहुने अध्यक्ष ज्यु लगायत सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्य ज्युहरु, संरक्षक ज्युहरु, आईसीसीका पदाधिकारी ज्युहरु, सम्पूर्ण गैर आवासीय नेपाली संघ अमेरिकाका पंजिकृत सदस्यहरु ज्युहरू , सल्लाकार तथा अनरीकाउन्सिल सदस्य ज्युहरु, सम्पूर्ण दाता ज्युहरु ,च्याप्टरका पदाधिकारी ज्युहरू , सम्पूर्ण टास्क फोर्सका पदाधिकारी ज्युहरु , आईटी कमिटिका साथीहरु, भवन खोजी र खरिद प्रक्रियामा समावेश हुनु भएका अग्रज ज्युहरु तथा मित्रहरू, सम्पूर्ण मिडायाकर्मी साथीहरु लगायत यस कार्य सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण माहानुभाव ज्युहरु मा हार्दिक नमन सहित बधाई अनि कृतज्ञात व्यक्त गर्न चाहन्छु।

साथै यस कार्य सम्पन्न भईसक्दा सम्पूर्ण पूर्व तथा निर्वतमान अध्यक्ष ज्युहरुको कार्यसमिति लाई पनि धन्यवाद दिनै पर्ने हुन्छ ।यहाँहरुको समयमा पनि भवन सम्बन्धी सकरात्मक छलफल र प्रयासहरु पनि भएको नै हो ।

अन्त्यमा फेरि पनि यस भवनका माध्यमबाट हामीले आगामी दिनहरुमा यहाँहरुको भावना जोड्न सक्छौ भन्ने विश्वास सहित हामी नेपाली हरुको महान् चाड विजया दशमीको हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहान्छु।
धन्यवाद। जय एनआरएनए ।

अनुप खनाल
सचिव
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अमेरिका

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ०९:१२:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend