नेपाली चलचित्र महापुरुष नर्थ क्यारोलाईनाको 'रेले' मा नोभेम्बर ४ देखि ७ तारिखसम्म लाग्ने भएको छ । स्थानीय रिगल हलमा यो चलचित्र चारदिनसम्म प्रदर्शन हुनेछ ।
नर्थ क्यारोलाईनाको 'रेले' मा चलचित्र देखाउने जिम्मा यहांका सक्रिय यूवा बाबु सुवेदीले लिएका छन् ।
"हरेक दिन दुई शो लाग्ने गरी व्यवस्था मिलाएका छौं । शुक्रबार, सनिबार र आईतबार भएकोले यहांका सबैजनाले चलचित्र हेर्न पाउनु हुनेछ ।" बाबुले नेप्लिज डायस्पोरासंग भने ।
क्यारोलाईनामा पनि धेरैले टिकटका लागि सम्पर्क गरिरहेको बाबु सुवेदीले जानकारी दिए ।
यो चलचित्र अत्यन्त राम्रो रहेको भनेर हेरेर फर्किएका दर्शकहरुले प्रतिक्रिया दिईरहेका छन ।
चलचित्र हेर्न सपरिवार हल जान सकिने पनि सबैको प्रतिक्रिया छ ।