जापान निवासी मुक्तककार के:बी पारखीको 'मनको मन्दिर' मुक्तक सङग्रह बजारमा आएको छ।
यो उनको पहिलो मुक्तक सङग्रह हो।
समाजका विकृति विसङ्गति, जीवनका आरोह अवरोह, प्रेम, बिछोड, समसामयिक राजनीति, जीवन दर्शन, मानवीय प्रवृत्ति, घरदेश र परदेशका दुखसुखका अनुभूतिहरू मुक्तक मार्फत प्रस्तुत गरेका छन्।
मुक्तक सङग्रहमा १५२ मुक्तकहरू समावेश गरेको पारखीले जानकारी दिए ।
सानैदेखि साहित्य लेखनमा रूचि राख्ने, साहित्य लेखनसँगै पत्रकारिता तथा साहित्यिक संघसंस्थामा महत्वपूर्ण सक्रियता जनाइसक्नु भएका पारखी अनेसास, साहित्यिक चौतारी, मुक्तक सागर, मुक्तक प्रतिष्ठान जस्ता संस्थामा आवद्व छन्।
मुक्तक लेखनसँगसँगै नेपाली मुक्तक विधाको विकास ,विस्तार र उन्नयनमा समेत सक्रिय भएका छन्।
लेखक स्वयम् प्रकाशक रहेको मुक्तक सङग्रहको मूल्य २ सय ५० रुपैया रहेको छ। उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसलका साथै छिटै अनलाइनबाट विक्रीको ब्यवस्था गरिने बताइएको छ।